HomeFeatureछाया मन्त्रिलाई कांग्रेसको निर्देशन, मन्त्रालयका भ्रष्टचारीलाई छानबिन गर्नुपर्छ

छाया मन्त्रिलाई कांग्रेसको निर्देशन, मन्त्रालयका भ्रष्टचारीलाई छानबिन गर्नुपर्छ

काठमाडौँ, २३ फरवरी २०२०
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छाया मन्त्रिमण्डलको पहिलो बैठक बसेको छ ।

गत जेठमा गठन भएको मन्त्रिमण्डलको बैठक आइतबार बसेको हो । वर्तमान घटनाक्रम र भइरहेका प्रगतिका विषयमा समिक्षा गर्न बैठक बसेको नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताउनुभयो ।

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा मात्रै नभएर अन्य मन्त्रालयमा नीतिगत भ्रष्टाचारहरु भएका कुराहरु बाहिर आएकाले अन्य मन्त्रालयहरुको पनि अध्ययन गर्न सम्बन्धित मन्त्रालय हेर्ने छाया मन्त्रीहरुलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । ‘जसले जुन मन्त्रालय हेर्नुभएको छ । त्यसलाई गहिरिएर अध्ययन गर्नुपर्ने र त्यहाँ भएका काण्डहरु रोक्न र जनता समक्ष लिएर आउनलाई अझ गहिरो अध्ययन गरी प्रतिवेदन बुझाउन पनि निर्देशन दिइएको छ’, उहाँले भन्नुभयो । मन्त्रालयहरुमा हुने नीतिगत भ्रष्टाचारका विषयमा प्रधानमन्त्री समेत जानकार रहेको विषयमा भिन्न रुपमा छानबिन गर्ने पनि निर्णय भएको उहाँले बताउनुभयो ।

पाण्डले संसदमा भएका अन्य दलहरुसँग १३ गते बस्ने संसद बैठकलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल हुने उहाँले बताउनुभयो । बास्कोटा प्रकरण र अन्य भ्रष्टाचारका विषयहरुलाई सरकार बाहिर रहेका दलहरुले सामूहिक रुपमा अगाडी बढाउने विषयमा छलफल गर्न सोमबार बैठक डाँकिएको उहाँले बताउनुभयो ।

गत जेठमा गठन भएको कांग्रेसको छाया सरकारको बैठक पहिलो पटक आइतबार बसेको हो । प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यक्षता गर्नुभएको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा समिक्षागत छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...