नयाँ दिल्ली, 24 फरवरी/ सुबास बस्नेत
गुल्मी जिल्ला, इस्मा गाउँपालिका 3, दर्लाम्चौर (टाकुरा) स्थायी घर भई हाल भारतको राजधानी दिल्लीमा बसोबास गर्दै आएका राम बहादुर घर्ति क्षेत्री र स्वर्गीय श्रीमती चन्द्रकला घर्ति क्षेत्रीकी २२ वर्षीया छोरी पूनम क्षेत्री (कल्पना) यहि २० फरबरी-२०२० का दिन साकेतको सेदुलाजावदेखि बेपत्ता भएकी छन्। २२ वर्षीय पूनम शारीरिक रूपमा पूर्ण स्वस्थ देखिएता पनि मानसिक विकास पूर्णरुपमा नभएकोले, बोल्दा अक्मक्किने, कम सुन्ने तथा काम गर्दा हात काप्ने जस्ता शारीरिक समस्याले ग्रसित छन। साथिकोमा खेल्न जान्छु भनेर २०, फरवरी २०२० बिहिबार करिब ३ बजे घरदेखि बाहिर निस्कीएकी पुनम अझैसम्म घर फर्किएकी छैनन्।
उनि अबेर साझसम्म पनि घर नफर्कदा परिवारले नजकैको पुलिस थानामा एफ.आई.आर. दर्ता गराएको पुनमका दाई लक्ष्मण जिसीले जानकारी दिए। घर नजकैको सिसिटिवी फुटेज हेर्दा उनि एक जना अधबैसे महिलाको साथमा हिडेरहेको र उसैसंग गएको देखिन्छ। महिला संग हिडेको तस्बिर र फुटेज पनि यतिखेर दिल्ली पुलिसको हातमा छ। अब संकास्पद विषय यो हो आखिर त्यो महिलाको हो?
यतिखेर राजधानि दिल्ली लगायत सिंगो भारतमा नै यस किसिमको गिरोह देखा परेको छ। जसले स-साना बाल-बच्चाहरु विशेसगरि युवतीहरुलाई अनेक किसिमका प्रलोभनहरु देखाई आफ्नो जालमा फसाउने र बाल-बच्चाहरुलाई भिख माग्न लागाउने, प्रोढउन्मुख युवायुवतीहरुलाई यौन धन्दामा पेसेवार बनाउने जस्ता कार्यमा सक्रिय छ। त्यसैले २२ वर्षीय युवती त्यो पनि सुस्तमनस्थितिकी एक्कसी हराउनुले घरपरिवारको मनमा शंका-उपशंकाहरु उत्पन्न हुनु स्वभाविक नै हो।
दिल्ली एनसीआर-लगायत, मुम्बई, पन्जाब, उत्तर प्रदेशमा कार्यरत नेपाली संघसंस्थाका प्रतिनिधीहरु, अगुवा व्यक्तित्वहरु, महिला बेचबिखान तथा लैंगिक हिंसाविरुद्ध कार्यरत संस्थाहरुलाई खोजि कार्यलाई अभियान स्वरूप सघाउ पुराईदिनु हुन परिवारले अपिल गरेको छ। तस्बिर संग मिल्दो-जुल्दो युवती कहिँ कतै फेला परेमा नजिकको प्रहरी कार्यालय अथवा पिडितका दाई लक्ष्मण जिसी (9958209159) र सुबास बस्नेत (9958585915) लाई सम्पर्क गरिदिनुहुन हार्दिक अपिल गर्दछौ। सूचना दिने व्यक्तिलाइ उचित पुरस्कारको समेत व्यवस्था गरिने छ।









































