हैदराबाद, 24 फरवरी 2020
भारतको तेलंगाना राज्यको हैदराबादमा आईतबार 20 वर्षिया महिलाले झुण्डिएर आत्महत्या गरेकी छन्। नेपालको सूदुरपश्चिम प्रदेश अछाम जिल्ला, तुर्माखाद गाउँपालिका वार्ड न-8 धमाली स्थायी घर भएका आईते बिष्टकी छोरी तथा सोही जिल्ला ढकारी गाउँपालिका पल्साता निवासी तपेन्द्र खड्काकी श्रीमती तारा बिष्ट (खड्का)-ले आफ्नै कोठामा फाँसीमा झुण्डिएर आत्महत्या गरेकी हुन्। श्रीमान तपेन्द्र बिहान 11 बजे ड्युटी गएको केही बेरमै घर मालिकले फोन गरेर तपेन्द्रलाई घर बोलाएका थिए। तपेन्द्र घर पुग्दा कोठा भित्रबाट बन्द गरिएको थियो र झ्यालबाट हेर्दा उनी फाँसीमा झुण्डिएकी थिइन्। मृतक ताराले आत्महत्या गरेकी किन गरेकी हुन्? कस्ले उनलाई आत्महत्या गर्नको लागि दुरूत्साहन गरेको हो, त्यो भने अहिलेसम्म खुलेको छैन्।
मृतकको शव अहिले हैदराबादको गान्धी अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ। मृतकका श्रीमानले मृतक तारा प्रति मालिकको नकारात्मक दृष्टीकोण रहेको र बेला-बेलामा मानसिक यातना समेत दिने गरेको बताएका छन्। यद्यपी छिमेकीहरूले श्रीमानले प्राय राति श्रीमतीलाई कुटपिट गर्ने गरेकोलेनै ताराले आत्महत्या गरेको हुन सक्ने आशंका गरेका छन्। यसैबीच घट्नाका बारेमा प्रहरीले छानबिन शुरू गरेको छ।
श्रीमान र घर मालिकलाई प्रहरी प्रसासनले 15 दिनका लागि हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार घटनास्थल नजीक रहेको सीसीटीभी क्यामेराको जाँच, फोन कल रेकर्डहरूको जाँच र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्नेछ।
त्यस्तै हैदराबादमा भएको एक छुट्टै घटनामा समाजसेवी तथा नेपाली जनसम्पर्क समितिका सक्रिय सदस्य बल बहादुर भुलको सडक दुर्घटनामा मृत्यु भएको छ। ड्युटी जाने क्रममा तीव्र गतिमा आइरहेको AP28TD2723 नम्बरको लोरीको ठक्करबाट उहाँको ज्यान भएको हो भने अर्को एक जना भिउ सिंह भुल गम्भीर घाइते हुनुभएको छ। घाइते भुलको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। ठक्कर लोरी चालक भने फरार भएका छन्। चालकको खोजी भइरहेको छ। अछाम जिल्ला ढकारी गाउँपालिका घोडासेन हाल कैलाली सोल्टा निवासी भुल बिगतको लामो समयबाट हैदराबादमा बसोबास गर्दै आउनुभएको थियो।









































