काठमाण्डौँ, 24 फरवरी 2020
नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेल-ले प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटासँग भेटवार्ता गर्नुभएको छ। सोमबार सभामुखको कार्यकक्ष सिंहदरबार नै पुगेर राजदूत युसुफले सभामुख सापकोटासँग भेट गर्नुभएको हो। भेटमा कतारमा रहेका नेपाली कामहरुको योगदानको राजदूतले खुलेर प्रशंसा गर्नुभएको छ।
सन २०२२ मा हुने विश्वकप फुटबलका लागि रंगशाला निर्माणमा नेपाली कामदारले गरेको योगादनको उहाँले प्रशंसा गर्नुभएको हो।









































