HomeFeatureलगानी वृद्धि र लगानीकर्तालाई आकर्षित गर्न सरकारले औद्योगिक कानूनहरुमा सुधार गरेको छः...

लगानी वृद्धि र लगानीकर्तालाई आकर्षित गर्न सरकारले औद्योगिक कानूनहरुमा सुधार गरेको छः अर्थमन्त्री

काठमाण्डौँ, 24 फरवरी 2020

अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी वृद्धि र लगानीकर्तालाई आकर्षित गर्न सरकारले औद्योगिक कानूनहरुमा सुधार गरेको बताउनुभएको छ। सोमबार काठमाडौंमा आयोजित ‘इन्भेष्टमेन्ट क्लाइमेट रिर्फम इन नेपाल’ सम्बन्धी परामर्श कार्यशालालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले विश्व भरका लगानीकर्तालाई आकर्षित गर्न औद्योगीक कानूनहरुलाई सहज बनाउँदै गएको बताउनुभयो। उहाँले लगानीकर्ताको सहजताका लागि एकद्धार प्रणालीमार्फत उद्योग स्थापना गर्न सक्ने सुविधाको विकास गरिसकेको समेत बताउनुभयो। नेपालको अर्थमन्त्रमा सुधार हुँदै गएकाले पर्यटन, जलविद्युत, सेवामूलक र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह समेत गर्नुभयो। उहाँले सरकारले कर प्रणालीलाई समेत पारदर्शी बनाएको र व्यवसायमा अप्ठेरो परेको अवस्थामा अर्थमन्त्रालयले प्रत्येक वर्ष बजेट मार्फत करका विषयमा सुधार गर्दै जाने बताउनुभयो। उहाँले निजी क्षेत्रका समस्याहरुलाई सरकारले विस्तारै समाधान गर्दै गइरहेको र उत्पादन बढाउन विभिन्न सुविधाहरु दिदै आएको समेत बताउनुभयो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको कस्ट अफ डुइङ बिजनेस अझैपनि उच्च रहेको बताउनुभयो। यातायात खर्च बढी हुनु, करका दरहरु उच्च हुनु, दक्ष जनशक्तिको अभाव लगायतका कारणले नेपालको कस्टआफ डुइङ बिजनेस अझैपनि उच्च रहको तर्क उहाँको थियो। उहाँले करको दायरा र दरहरु बढाउँदै जाँदा साना उद्योगहरुलाई समस्या परेको समेत बताउनुभयो।

विश्व बैंकसँगको सहकार्यमा सरकारले आयोजना गरेको उक्त कार्यशाला गोष्ठि दुईदिन सम्म चल्ने छ। कार्यशालामा नेपालमा लगानीका लागि देखिएका चुनौति र सम्भावनाका विषयमा विस्तृत छलफल हुने छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...