नयाँदिल्ली, २५ फरवरी, २०२०
भारतको राजधानी दिल्लीको यमुना पारी इलाकामा नागरिकता संशोधन कानूनको विरोधमा भएको प्रदर्शन उग्र भएपछि सोमवार त्यसले हिंस्रक रूप लिएको छ ।
त्यसक्रममा एक प्रहरी जवानसहित पाँचजनाको मृत्यु भएको छ ।
मंगलवार बिहान पनि जाफराबाद र बाबरपुर इलाकामा तनाव भइरहेको अवस्था छ ।
दिल्लीको करावल नगरमा मंगलवार बिहान ढुंगा हानाहान र आगजनीको खबर छ । ब्रह्मपुरामा ढुंगा हानिएपर्छि यापिड याक्सन फोर्सले फ्ल्याग मार्च गरेको छ ।
उत्तरपूर्वी दिल्लीमा कानूनको विरोध प्रदर्शन साम्प्रदायिक बन्दै गएको छ । मौजपुर, कबीर नगर र जाफराबादमा मंगलवार स्थिति तनावपूर्ण छ । मौजपुरमा बिहानै ढुंगा हानाहान भएको र केही वाहनहरूलाई जलाइएको पनि छ ।









































