कालिकोट, २५ फरवरी, २०२०
कालिकोट जिल्लाको कर्णाली नदीमा जीप खसेको छ । रास्कोटदेखि यात्रु बोकेर लालिघाटका लागि हिँडेको लु. २ ज ४१४१ नम्वरको जीप यात्रुलाई झारेर मोड्दै गर्दा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
जीप नदीको बिचमा डुबेको छ । दैलेख जिल्ला गुराँस गाउपालिका वडा न ४ घर भएका २१ वर्षका चालक टक्क खड्काको मृत्यु भइसकेको जनाइएको छ । जीप रास्कोट नगरपालिका वडा न. छ निवासी मन तिरूवाको जनाइएको छ । नदीको बिचमै डुबेको जिपको उद्धारमा कठिनाई रहेको छ ।









































