काठमाडौं, २५ फरवरी, २०२०
ललितपुरस्थित पुल्चोक मदन स्मारक विद्यालयको जग्गा अतिक्रमण भएको विरोधमा स्थानीयले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको पुत्ला जलाएका छन्।
स्थानियले सर्वोच्चको आदेश विपरित विद्यालयको जग्गा मिचेर सडक विस्तार गरेको भन्दै मेयरको पुत्ला जलाएका हुन् ।
ललितपुर महानगरपालिका–३, पुल्चोकमा रहेको मदन स्मारक माध्यमिक विद्यालयको जग्गा मिचेर सडक विस्तार गरिएको विरोधमा मंगलबार बिहान मेयरको पुत्ला जलाएको हो ।
सर्वोच्च अदालतमा समेत पुगेको यो मुद्दाको अन्तिम टुंगो नलाग्दै बाटो विस्तार गरिएको भन्दै स्थानीयबासीले विरोध गर्दै आएका छन् ।









































