HomeFeatureअखिल भारतीय गुरूङ तमु बौद्ध संगठन केन्द्रीय समितिको सभा सिलगढीमा सम्पन्न

अखिल भारतीय गुरूङ तमु बौद्ध संगठन केन्द्रीय समितिको सभा सिलगढीमा सम्पन्न

दार्जीलिङ, 25 फरवरी 2020/ रूबेन गुरूङ

भारतमा गोर्खाहरूको एघाह्र जात गोष्ठीलाई जनजातिको मान्यताको माग उठिरहेको बेला  त्यसभित्रको एउटा जात गोष्ठी गुरूङहरूको सभा आइतबार सम्पन्न भएको छ। यस क्रममा अखिल भारतीय गुरूङ तमु बौद्ध संगठन केन्द्रीय समितिको सभा केन्द्रीय समितिका सभापति आनन्द तमुको अध्यक्षतामा कदमतला, सिलगढीमा सम्पन्न भएको छ।  जसमा यस समुदायको विभिन्न विषयहरूमाथि चर्चापरिचर्चा गरिएको छ।

आइतबार सिलगढीको कदमतलामा अखिल भारतीय गुरूङ तमु बौद्ध संगठन केन्द्रीय समितिको त्तवावधानमा एउटा सभाको आयोजना गरिएको हो। यो सभाको अध्यक्षता संगठनको केन्द्रीय समितिका सभापति आनन्द तमुले गर्नुभएको थियो। सभाको  प्रारम्भमा अखिल भारतीय गुरूङ तमु बौद्ध संगठनका पूर्व महासचिव स्व. कर्म गुरुङ (उत्तम) ले  गुरूङ जातिप्रति गरेको अतुलनीय योगदानको कदर गर्दै उहाँको सम्झनामा एक मिनटको मौनधारण गरिएको थियो। डा. आर. पी. गुरूङ मुख्य अतिथि रहनुभएको सभामा अखिल भारतीय गुरूङ तमु बौद्ध संगठनका सल्ल्हाकार डा. छाम्पा मेगिलामा, अखिल सिक्किम गुरूङ तमू बौद्ध संगठनका सभापति एल. एम. गुरूङ,  कानुनविद समिता गुरूङ, केन्द्रीय स्द्स्यहरु क्रमशः सरस्वती गुरूङ, प्रणिता गुरूङ,  पुष्पा गुरूङ,  सुमन गुरूङ, सिलगढी महकुमा सभापति कमला गुरूङ, सचिव इन्दिरा गुरूङ अनि सदस्यहरू  उपस्थित रहेको सो सभाको सञ्चालन केन्द्रीय समितिका संयुक्त सचिव अशोक गुरुङले गर्नुभएको थियो।

सभापति आनन्द तमुले गुरूङ जातिलाई जनजातिमा सामेल गर्न संगठनको मूल उद्देश्य राखिएको भएपनि अखिल भारतीय गुरूङ तमु बौद्ध संगठनले विभिन्न कालखण्डमा गुरूङ जातिलाई सामाजिक, शैक्षिक राजनीतिक, धार्मिक अल्पसंख्यक आयोग पछौटे वर्ग आयोगबाट प्राप्त हुने सहुलियतहरु यसै संगठनको देन रहेको बताउनुभयो। उहाँले गुरूङ समुदायलाई जनजातिको मान्यता दिलाउन संगठनको मुख्य उद्देश्य रहेको स्पष्ट पार्दै जनजातिमा  हुन पर्ने गुणहरु मौलिक संस्कार, संस्कृति, धर्म, भाषा, परम्परा, भेषभुषा  र पहिरनले  पनि गुरूङ जाति जनजाति भएको बताउँदै गुरूङ जातिलाई जनजातिको मान्यता केन्द्र सरकारले दिन पर्ने बताउनुभयो।

अखिल भारतीय गुरूङ तमु बौद्ध संगठनको अठाइसौं स्थापना दिवस आगमी सेप्टेम्बर महीनाको 6 मा संयुक्तरुपले भुट्टाबारी बागडुग्रा  सिलगढीमा पालन गरिने निर्णय गरिएको छ। सभामा गत वर्षभरी गरिएको मुख्य कार्यक्रमहरुमा देखिएको  चुनौतिहरुबारे विचार विमर्श गरिएको छ।

सभाले  अखिल भारतीय गुरूङ तमु बौद्ध संगठन केन्द्रीय  समितिमा बंगालबाहेक 5 वटा  राज्यहरुका प्रतिनिधिहरुलाई केन्द्रीय समितिमा समावेश गरियो।  जसमा उपसभापतिको पदमा  आसाम राज्य समितिका सभापति एच. बी. गुरुङ, अखिल सिक्किम गुरूङ तमु बौद्ध संगठनका सभापति एल एम गुरूङ, केन्द्रीय सदस्यहरु मणिपुर, अरुणाचल प्रदेश, मेघालय राज्यहरुबाट एक एक जना प्रतिनिधिहरुलाई चयन गरियो।  भावना गुरूङलाई कोषाध्यक्ष साथै कानुनी सल्लाहाकारको रुपमा  समिता गुरूङलाई सर्वसम्मतिले चयन गरियो।

संगठनले आफ्नो सामाजिक रणनीतिलाई तिब्र पार्न आगामी अप्रेल महीना 12 मा बाग्राकोटमा सभा गर्ने घोषणा गरियो।  क्रमशः सभामा दोस्रो अन्तरार्ष्ट्रिय तमू सम्मेलन 2022 भारतमा  आयोजन गरिने बारे विचार विमर्श सल्लाहकार डा. छामपा बिजय मेगिलामा लागायत उपस्थित प्रतिनिधिहरुले  आफ्नो धारण राखे ।

केन्द्रिय उपसभापति बिकास गुरूङले धन्यवाद ज्ञापन गरेको सभामा । दार्जीलिङ महकुमा समितिका कोषाध्यक्ष हृदय गुरूङ अनि सदस्य सुदेश गुरूङको विशेष उपस्थिति रहेको जानकारी अखिल भारतीय गुरूङ तमु बौद्ध संगठन केन्द्रिय समितिकी महासचिव  कलावती गुरूङले दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...