HomeFeatureदिल्ली हिंसामा मर्नेको संख्या १८ पुग्यो , २०० भन्दा बढी घाइते

दिल्ली हिंसामा मर्नेको संख्या १८ पुग्यो , २०० भन्दा बढी घाइते

नयाँदिल्ली, २६ फरवरी, २०२०
भारतको दिल्लीको उत्तर पूर्वी इलाकामा पछिल्लो केही दिनदेखि चलिरहेको हिंसामा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
नागरिकता संशोधन कानूनको पक्ष र विपक्षमा दिल्लीमा भइरहेका विरोध प्रदर्शन हिंस्रक बनेपछि मर्नेको संख्या १८ पुगेको छ, भने २०० भन्दा बढी मानिस घाइते भएका छन् ।

 गुरु तेग बहादुर अस्पतालका एमडी सुनिल कुमार गौतमले १८ जनाको मृत्युको पुष्टि गरे । स्थितिको जाँचबुझका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल मंगलवार अबेर राति हिंसा प्रभावित क्षेत्रमा पुगे ।

हिंसा चल्दै गर्दा घाइतेहरूलाई अस्पताल लग्नका लागि एम्बुलेन्समाथि पनि भीडले आक्रमण गर्ने जोखिम छ । त्यसैले सरकारी तथा निजी अस्पतालका चिकित्सकहरूको एक संस्थाले दिल्ली उच्च अदालतमा निवेदन दिँदै प्रहरी सुरक्षाको माग गरे । राति नै त्यसमा सुनुवाइ गर्दै अदालतले दिल्ली प्रहरीलाई मुस्तफाबादका अस्पतालहरूमा भर्ना भएका सबै घाइतेलाई नजिकैका राम्रा अस्पतालमा लग्न आदेश दियो ।

दिल्ली हिंसाका कारण भारतमा रहेका मुसलमानहरूमा चिन्ता उत्पन्न भइरहेको विपक्षी दल कांग्रेसको भनाइ छ । सरकारले यो कानून फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...