नयाँ दिल्ली, २६ फरवरी, २०२०
मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा भड्किएको हिंसा नियन्त्रणका लागि सेना परिचालनको माग गर्नुभएको छ ।
मुख्यमन्त्री केजरीवालले ट्विट गर्दै अनेक प्रयास गरिए पनि प्रहरीले परिस्थिति नियन्त्रणमा लिन नसकेका कारण सेना परिचालन गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ ।
उहाँले हिंसा भड्किएको क्षेत्रमा तत्काल कर्फ्यू लगाउनुपर्ने उल्लेख गरेका छन् । मुख्यमन्त्री केजरीवाल सेना परिचालन र कफ्र्यू जारीका लागि गृहमन्त्री अमित शाहलाई पत्राचार गर्न लागेको पनि बताउनुभएको छ ।
नागरिकता संशोधन कानुनविरुद्ध ठूलो संख्यामा प्रदर्शन गरिरहेका नागरिकले आइतबार सडक अवरुद्ध गरेका थिए ।
सडक अवरुद्ध गरिएपछि जाफराबादमा उक्त कानुनको समर्थन गर्दै आएका नागरिकको समूह र विरोध गरिहरेको समूहबीच झडप सुरू भएको थियो ।









































