HomeFeatureदिल्लीमा हिंसा भड्कीएको सोनिया गान्धिको आरोप, गृहमन्त्री अमित शाहको राजीनामा माग

दिल्लीमा हिंसा भड्कीएको सोनिया गान्धिको आरोप, गृहमन्त्री अमित शाहको राजीनामा माग

नयाँदिल्ली, २६ फरवरी, २०२०
भारत दिल्लीमा भईरहेको हिंसाको मुख्य जिम्मेवारी  गृहमन्त्री अमित शाहको भएको भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले आरोप लगाएकी छन् ।
भाजपा नेताले दिएको विवादित अभिव्यक्तिका कारण दिल्लीमा हिंसा भड्कीएको उनको आरोप छ ।

पत्रकार सम्मेलनमार्फत पछिल्ला केही दिनमा भइरहेको हिंसा नियोजित भएको भन्दै गृहमन्त्री अमित शाहले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएकी हुन् ।

केही दिनअघि भारतीय जनता पार्टी (भाजपा) का नेता कपिल मिश्राले नागरिकता संशोधन कानुन (सीएए) विरोधी प्रदर्शनकारीलाई तीन दिन भित्र सडकबाट हटाउन प्रहरीलाई चेतावनी दिएका थिए । मिश्राको उक्त अभिव्यक्तिपछि मोदी नेतृत्वको भाजपा सरकारविरुद्ध आन्दोलन चर्किएको थियो।

उनले भनिन्, ‘केन्द्र सरकार र दिल्ली पुलिसलाई समयमै कारबाही नगर्दा २० जनाको ज्यान गइसकेको छ । जसमा एक जना प्रहरीको समेत मृत्यु भएको छ । पीडितका परिवारप्रति कांग्रेसको गहिरो समवेदना छ ।’

‘यो पुरै घटनालाई हेर्दा यसको मुख्य जिम्मेवार केन्द्र सरकार र गृहमन्त्री छन् । उनले जिम्मेवारी लिएर राजीनामा दिनुपर्छ’, सोनियाले अगाडि थपिन्, ‘दिल्ली सरकार पनि शान्ति कायम गर्न असफल भएको छ । दुबै सरकारको असफलताका कारण दिल्ली यस त्रासदीको शिकार भएको छ ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...