HomeFeatureभारतको दिल्लीमा भड्किएको हिंसामा मर्नेको संख्या ३२ पुग्यो

भारतको दिल्लीमा भड्किएको हिंसामा मर्नेको संख्या ३२ पुग्यो

नयाँ दिल्ली, २७ फरवरी, २०२०
भारतको दिल्लीमा भड्किएको हिंसामा परी मर्नेको संख्या ३२ पुगेको छ ।  नागरिकता संशोधन कानुन (सीएए) को समर्थन गर्ने र विरोध गर्ने समूह बीच दिल्लीमा भड्किएको हिंसाका कारण अहिलेसम्म मर्नेको कुल संख्या ३२ पुगेको पीटीआईले स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीको उद्धृत गर्दै जनाएको छ ।

दिल्लीको गुरु तेग बहादुर अस्पताल (जीटीबी अस्पताल) मा ३० जनाको र लोक नायक जयप्रकाश नारायण अस्पताल (एलएनजेपी अस्पताल) मा दुई घाइतेको मृत्यु भएको बीबीसीले जनाएको छ ।

विगत चार दिनदेखि दिल्लीको उत्तर पूर्वी क्षेत्रमा जारी हिंसामा सयौंको संख्यामा मानिसहरु घाइते भएका छन् ।

नागरिकता संशोधन कानुनविरुद्ध ठूलो संख्यामा प्रदर्शन गरिरहेका नागरिकले आइतबार सडक अवरुद्ध गरेका थिए ।

सडक अवरुद्ध गरिएपछि जाफराबादमा उक्त कानुनको समर्थन गर्दै आएका नागरिकको समूह र विरोध गरिहरेको समूहबीच झडप सुरू भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...