HomeFeatureतपाईंको फेसबुक अकाउन्ट अरूले खोलिरहेको त छैन ? यस्तो डरबाट मुक्त हुन...

तपाईंको फेसबुक अकाउन्ट अरूले खोलिरहेको त छैन ? यस्तो डरबाट मुक्त हुन यसरी लगआउट गर्नुहोस्

नयाँदिल्ली, २७ फरवरी, २०२०
यदि तपाईंले कुनै साइबर क्याफे वा अरू कसैको डिभाइसमा लगइन गरेको आफ्नो फेसबुक अकाउन्ट लगआउट गर्न बिर्सनुभयो भने त्यसको नतिजा दुखद् पनि हुनसक्छ ।

यस्तो डरबाट मुक्त हुन चाहनुहुन्छ भने तपाईंले फेसबुकमा रहेको एउटा फिचरको सहयोग लिन सक्नुहुन्छ ।

तपाईंको फेसबुक कुनै अनधिकृत व्यक्तिले चलाउने, दुरूपयोग गरी विभिन्न अनावश्यक पोष्टहरू गर्ने तथा पासवर्ड पत्ता लगाएर ह्याक गर्ने जोखिम पनि हुन्छ । कहिलेकाहीँ तपाईंले लगआउट गर्न भुलेको तपाईंको फेसबुक अकाउन्ट अर्को मान्छेले चुपचाप हेरिरहेको र तपाईंको जासूसी गरिरहेको पनि हुनसक्छ ।

 फिचरको सहयोगले तपाईंले कहाँ–कहाँ आफ्नो फेसबुक लगइन गर्नुभएको छ र कुन डिभाइसमा अहिले सम्म पनि लगआउट भएको छैन भन्ने थाहा पाउन सक्नुहुन्छ । साथै एक क्लिकमै ती सबै डिभाइसबाट आफ्नो फेसबुक अकाउन्ट लगआउट पनि गर्न सक्नुहुन्छ ।

यसका लागिः

– स्मार्टफोनमा रहेको फेसबुक एपमा आफ्नो फेसबुक लगइन गर्नुहोस् र सेटिंग्समा जानुहोस्

– त्यहाँ रहेको सेक्योरिटी अप्सनमा जानुहोस् र त्यसभित्र रहेको सेक्योरिटी एण्ड लगइन नामक अप्सनमा ट्याप गर्नुहोस्

– त्यहाँ तपाईंले  Where you are logged in नामक खण्ड देख्नुहुनेछ । त्यसमा तपाईंले आफ्नो फेसबुक लगइन भएका सबै डिभाइसको सूचि देख्नुहुनेछ ।

– यदि ती डिभाइसमध्ये कुनै डिभाइसमा तपाईंको फेसबुक अहिलेपनि लगआउट भएको छैन अर्थात् एक्टिभ छ भने त्यहाँ रहेका तिनवटा थोप्लाको चिन्हमा ट्याप गरी एक एक गरेर लगआउट गर्न सक्नुहुन्छ ।

– यदि सबै डिभाइसमा एकैचोटी फेसबुक लगआउट गर्न चाहनुहुन्छ भने  Log out of all sessions   अप्सन छान्न सक्नुहुन्छ ।

डेस्कटपका लागि

 वेब ब्राउजरमा फेसबुक खोलेर आफ्नो अकाउन्टमा लगइन गर्नुहोस्

टप ब्यानरमा रहेको ड्रपडाउन एरोमा क्लिक गरी  Settings  अप्सनमा जानुहोस्

 सेटिंग्स पेजभित्र बायाँ भागमा Security and Login  अप्सनमा क्लिक गर्नुहोस्

 त्यसपछि Where you are logged in  खण्डमा क्लिक गर्नुहोस् जहाँ तपाइँको फेसबुक अकाउन्ट लगइन भएका सबै डिभाइसको सूचि देखिन्छ ।

ती सबै डिभाइसबाट तपाइँले एकएक गरी वा एकैपटक लगआउट गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...