HomeFeatureबागलुङमा  हिमपातले बिद्यालयको पठनपाठन प्रभावित

बागलुङमा  हिमपातले बिद्यालयको पठनपाठन प्रभावित

बागलुङ, २७ फरवरी, २०२०
बागलुङको डोरपाटन नगरपालिका–९ बोवाङमा हिउँदमा बेसी झर्ने र बर्खा लेक (घर) फर्कने स्थानीयको वार्षिक तालिका नै हो ।

हिउँदमा चिसो बढेपछि स्थानीयबासी पशुचौपया लिएर बेसी झर्छन् । हिउँदेबाली बेसीमै लगाउछन् । गर्मी महिनाको सुरुवातसँगै साविक बोवाङ– ६, ७, ८ र ९ का स्थानीय पुनः बर्खे खेती लगाउन लेक जान्छन् ।

जाडोको समयमा अभिभावक बेसी झरे पनि विद्यालय उमेर समूहका बालबालिका भने अध्ययनको लागि जाडो खेपेरै भए पनि घरमा बस्न बाध्य हुन्छन् । यही साता परेको बाक्लो हिउँले ढोरपाटन नगरपालिका– ९ चिसापानी स्थित ज्योती आधारभुत बिद्यालयको पठनपाठन प्रभावित भएको छ ।

बस्तीदेखि विद्यालयसम्म डेढफिटसम्म बाक्लो हिउँ जमेको कारण बालबालिका विद्यालय आउन सकेका छैनन् । ‘चिसोमा आफैं पकाएर खाने विद्यार्थी विद्यालय आउन सकेका छैनन्’ ज्योती आधारभूत विद्यालयका प्रधानध्यापक टकबहादुर अदैले भने, ‘अभिभावक साथमा नहुँदा विद्यार्थीको पठन पाठन प्रभावित भएको छ ।’

प्रधानध्यापक अदैका अनुसार बाक्लो हिउँको कारण अभिभावक घर फर्खन सकेका छैनन । अभिभावक घर नआउँदा साना साना विद्यार्थी फागुन २७ गतेदेखि संचालन हुने वार्षिक परीक्षामा सहभागी नहुने खतरा बढेको प्रधानध्यापक अदैको भनाई छ । ‘यो जाडोमा विद्यार्थीलाई खाना पकाएर खान मुस्किल छ कसरी विद्यालय आउन सक्छन्’ उनले भने, ‘सम्पर्क भएका अभिभावकलाई घरफर्कन अनुरोध गरेका छौँ, कति सफल हुन्छ हेर्न बाँकी छ ।’

फागुन महिनामा मात्रै ३ पटक हिमपात भएको छ । बिद्यालयले पौष १५ गतेदेखि फागुन ३ गतेसम्म बर्षे बिदा दिएको थियो । अन्य बिद्यालयले बर्षे बिदा दिँदा सो बिद्यालयले भने जाडो बिदा दिँदै आएको छ । जाडो याम सुरु भएसँगै त्यहाँका स्थानिय जाडो छल्न बोबाङ, अधिकारी चौरलगायतका स्थानमा घुम्ती बसाई सर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...