काठमाडौं, २८ फरवरी, २०२०
पेट्रोलियम पदार्थको मूल्यमा थप ५ रुपैंया पूर्वाधार कर लगाइए पनि मूल्य भने नबढ्ने भएको छ ।
नेपाल आयल निगमले पूर्वाधार करमा थपिएको कर निगमले लिँदै आएको नाफाबाट समायोजन गर्ने तयारी गरेको हो । कर बढेकै कारण उपभोक्ताले थप मूल्य व्यहोर्नु नपर्ने नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।
‘हामी अहिले स्वचालित मूल्य प्रणालीमा छौं, त्यसैले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भएसँगै हाम्रोमा पनि मूल्य घटबढ हुन्छ । तर सरकारले बढाएको करकै लागि हामी मूल्य बढाउँदैनौं, निगमसँग अहिले रहेको नाफाबाटै त्यो घट्ने हो’ नायव कार्यकारी निर्देशक भट्टराईले भने ।









































