HomeFeatureबैतडीको डिलाशैनी तल्लादेहि भगवती मन्दिर; धार्मिक आस्था, अस्तित्व र जोखिम

बैतडीको डिलाशैनी तल्लादेहि भगवती मन्दिर; धार्मिक आस्था, अस्तित्व र जोखिम

बैतडी, 28 फरवरी 2020/ हिम शाह

डिलाशैनी तल्लादेहि भगवती  मन्दिर बैतडी जिल्लाको पुर्चौडी नगरपालिका वडा नं. ९ तल्ला देहिमा अवस्थित छ। यस मन्दिरलाई धार्मिक दृष्टिकोणले आस्थाको किरण मानिन्छ। यस मन्दिरमा हरेक वर्ष आश्विन, कार्तिक र चैत्र महिनामा दशैँको दिन  नवरात्रि भरी भगवती र शक्तिको पूजा गरि विशेष धुमधामकासाथ जात्रा लाग्ने गर्दछ। यस क्षेत्रका हजारौँ भक्तजनहरु मन्दिरमा पूजाका लागि सहभागी हुन्छन्। यस जात्रामा सयौँको संख्यामा राँगा र बोकाको बलि दिने गरिन्छ। यस जात्राको विशेष पुजारीको रुपमा जोशीलाई लिइन्छ। साथै पुजारी सहयोगका लागि भट्ट पनि समावेश भएको पाइन्छ। बालकदेखि वृद्धसम्मका सबै गाउँलेहरु गएर यो ठाउँमा भेला हुदा गाउँ त सुनसान हुन्छ। तर त्यस जात्रामा समावेश भएका व्यक्ती जात्राको रौनकले गर्दा सबै कुरा भुलेर केवल धार्मिक भक्ती मात्र मनमा लिएको हुन्छ। यो जात्राको दिन विशेष प्रकारको व्यापारिक मेला पनि लाग्ने गर्दछ। त्यो व्यापारिक मेलामा स्थानीय व्यापारी साथै देश विदेशबाट आएका व्यापारी पनि पसल थापेर बसेका हुन्छन।

डिलासैनी भगवति मन्दिर परिसरमा ऊ स्वस्ती संम्वत शाके १२०३ मास ३ दिन ४ मा निर्मित देवलहरुको ईतिहासमा जेठो  अष्टदेवलहरुको समूह पनि अवस्थित छ। यी देवलहरूलाई महाभारतको कालमा पाण्डवहरूले बनाएका हुन् भन्ने जनविश्वास रहेको छ। स्थानिय बुढापाकाको भनाईले अष्टदेवल सम्भतः खसमल्ल शासनकालको अवधिमा निर्माण गरिएका देवलहरू हुन सक्ने सम्भावना देखिन्छ। पुरात्व विभागको अध्ययनले सबै भन्दा जेठो देवलहरु रहेको जानकारी दिएको छ। आव २०७२/७३ मा पुरात्व विभागबाट जिर्णोद्धार गरिएको यस डिलाशैनी मन्दिर अष्टदेवल अनौठा र पर्यटकको आक्रर्षण रहेको डिलाशैनी सनातन धर्म सेवा समितिका अध्यक्ष धन बहादुर बोहराले बताउनुभयो। जगतकी माता डिलाशैनी भगवतीको शक्तीले मनोकामना पूरा हुने साक्षत भगवतीको अनुकम्पा अपरम्पार रहेको मुख्य पुजारी जगदम्बा प्रसाद जोशीले बताउनुभयो।

डिलाशैनी मन्दिरको मुख्य कारोबारि ९० वर्षिय जयबहादुर बोहराले पहिले सरकारबाट लालमोहर प्राप्त थियो जनताबाट तिरोले मन्दिरको आजा-पुजामा सजिलो थियो अहिले भेटि र चन्दाको भरले संचालनमा कठिनाई भएको बताउनु भयो। साथै देवकोटी मासिदै गएको र राजकोटीले स्थान लिएको गुनासो उहाँले गर्नुभयो। डिलाशैनी मन्दिरको २०० मिटर टाढा ऐतिहासिक र धार्मिक कला संस्कृतिले निर्मित देउनाउलो रहेको छ जुन भगवतीका  गाथ स्नानको लागि प्रयोग गरिन्छ। कहिले र कुनै काल परिस्थितिमा पुजा नरोकिनी तल्ला देहि डिलाशैनी भगवती बैतडी जिल्लाकै भगवतीको शिला मानिन्छ।

खानेपानीको समस्या भएको, फिल्ड अपुग र अव्यवस्थित भएको, धर्मशालाको समस्या र सडक यातायात नपुगेको समस्यालाई चाडै स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारमार्फत् पूरा गराउन पहल गर्दै आगामी दिनमा सहज र पर्यटन भित्राउन सहयोगको लागि  अवरात खटि रहेको वडा नं. ९ का वडाध्यक्ष रम्बा बोहराले जनाउनु भयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...