HomeFeatureविज्ञानले मानिसहरूको विकास तथा कल्याणमा योगदान पुऱ्याउने गरि काम गर्नुपर्नेमा राष्ट्रपतिको जोड

विज्ञानले मानिसहरूको विकास तथा कल्याणमा योगदान पुऱ्याउने गरि काम गर्नुपर्नेमा राष्ट्रपतिको जोड

नयाँ दिल्ली 28 फरवरी 2020

राष्ट्रपति रामनाथ कोविन्दले वैज्ञानिक अनुसन्धानको लाभ, संस्थानहरू, युवा, महिला तथा सामाजिक-आर्थिक रूपले कमजोर वर्गसम्म पुगेको खण्डमा मात्रै प्रभावकारी साबित हुने बताउनुभएको छ। राष्ट्रिय विज्ञान दिवसको अवसरमा नयाँ दिल्लीमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति कोविन्दले मानिसहरूले देशमा वैज्ञानिक उपक्रमहरूको  गुणवत्ता तथा प्रासंगिकता बढाउन प्रण लिनुपर्ने बताउनुभयो। उहाँले विज्ञानले मानिसहरूको विकास तथा कल्याणमा योगदान पुग्ने गरि काम गर्नुपर्नेमा जोड पनि दिनुभयो। उहाँले स्वतन्त्रतापश्चात् नै भारतमा वैज्ञानिक सोचलाई बढुवा दिने विषयमा विशेष ध्यान दिइएको बताउनुभयो। राष्ट्रपतिले वैज्ञानिक सोच, मानवता र जिज्ञासा तथा सुधारको भावना विकास गर्नु देशका हरेक नागरिकहरूको कर्तव्य भएको बताउनुभयो।

प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार देशमा अनुसन्धान तथा नवाचारको लागि उपयुक्त वातावरण निर्माण गर्न लागिपरेको बताउनुभयो। राष्ट्रिय विज्ञान दिवसको अवसरमा बोल्दै उहाँले यो भारतीय वैज्ञानिकहरूको प्रतिभा र अटल इच्छालाई नमन गर्ने अवसर भएको बताउनुभयो।

यस अवसरमा विज्ञान तथा प्रौद्योगिकी मन्त्री हर्षवर्धन आफ्नो मन्त्रालयले युवा वैज्ञानिकहरूलाई सशक्त बनाउन विभिन्न योजनाहरूको सुरूआत गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...