HomeFeatureनेपाली दूतावासको सिफारिसमा भारतमा आधार कार्ड पाउनुपर्ने मूल प्रवाहको माग

नेपाली दूतावासको सिफारिसमा भारतमा आधार कार्ड पाउनुपर्ने मूल प्रवाहको माग

नयाँ दिल्ली, 28 फरवरी 2020

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतमा रहेका नेपालीहरूले भोग्नुपरेका समस्याहरूको समाधान गरिदिन आग्रह गर्दै दिल्लीस्थित नेपाली राजदूतावासलाई ज्ञापन पत्र बुझाएको छ। कार्यवाहक अध्यक्ष ठाकुर खनालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभिन्न आठ सूत्रीय ध्यानाकर्षण पत्र राजदूतलाई बुझाएको हो।

नेपाल-भारतबिचको 1950-मा भएको सन्धिअनुसार दुवै देशका नागरिकहरूले एकअर्काको देशमा आएर सम्पत्तिको भोगचलन, एकअर्को मूलुकमा सहज आवागमन, निवास, व्यापार गर्न, वाणिज्यमा भाग लिन, नौकरी पेशा गर्न पाउने प्रावधान छ। तर भारत सरकारले बनाएको कतिपय नियम-कानूनले ति अधिकारहरू सिमित गर्दै लगेकाले त्यसको ध्यानाकर्षण गराउँदै उचित समाधानका लागि पहल गरिदिन समाजले ज्ञापनमार्फत आग्रह गरेको छ।

ज्ञापनमा नेपालीहरूसँग पहिचान पत्रको समस्या भएका कारण सरकारी संस्थानहरूमा नौकरीको अवसर समाप्त गरिएको र गैर-सरकारी संस्थानमा पनि नौकरीबाट वञ्चित गरिने काम भएको कार्यवाहक अध्यक्ष खनालले बताउनुभयो। भारतमा बैंक खाता खोल्ने, स्कूलमा बच्चाहरूलाई भर्ना गर्ने, मोबाईलको सिम कार्ड तथा ड्राइभिङ्ग लाइसेन्स निकाल्न, रेन्ट एग्रिमेन्ट बनाउन र नौकरीका लागि पनि आधार कार्ड आवश्यक हुन्छ तर नेपालीहरूलाई आधार कार्ड बनाउन निकै कठिन हुने भएकाले नेपाली दूतावासको सिफारिसमा आधार कार्ड बन्ने व्यवस्था गर्न राजदूतलाई आग्रह गरिएको खनालले बताउनुभयो।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतस्थित नेपालीहरूको हकहित र उनिहरूलाई न्याय दिलाउने काम गर्दै आएको छ। समाजकै पहलमा हिमाचल प्रदेशमा 2 हजारभन्दा धेरै नेपाली मजदूरहरू सरकारी नौकरीमा स्थायी भएका छन्।

ज्ञापन पत्र

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...