HomeFeatureठगी मुद्दामा मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय

ठगी मुद्दामा मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय

काठमाडौँ, २९ फरवरी, २०२०
मोडल खुस्बु ओलीलाई काठमाडौँ जिल्ला अदालतले दुई वर्ष कैद सजाय तोकेको छ । लेनदेन सम्बन्धी विवादमा दायर मुद्दाको सुनुवाईपछि न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उनलाई दोषी ठहर गर्दै उक्त सजाय तोकेको हो ।

दुई वर्ष अघि सप्तरीको राजविराज–८ का गोपाल कटुवालसँग खुस्बुले घरजग्गा खरिदका लागि भन्दै ३६ लाख रुपैयाँ सापटी लिएकी थिइन् । सापटी फिर्ताका क्रममा खुस्बुले ३६ लाख रुपैयाँको चेक दिएकोमा कुमारी बैङ्क न्यूरोड शाखाबाट उक्त चेक ‘बाउन्स’ भएको थियो ।

खातामा रकम नरहेको भन्दै बैङ्कबाट फर्काइएपछि आफूले खुस्बुलाई त्यसको जानकारी दिएको कटुवालको भनाइ छ । खुस्बुले केही दिनपछि रकम जम्मा गरिदिन्छु भन्दै आश्वासन दिएको तर फेरि पनि खातामा रकम नभएको भन्दै बैङ्कबाट फर्काइएको उनले बताए । तीन पटकसम्म यसरी नै बैङ्कबाट फर्किनु परेपछि उनले कानुनी उपचार खोजेका थिए ।

अदालतको फैसला कार्यान्वयन नभएपछि कटुवाल फेरि न्याय माग्दै अदालत पुगे । अदालतले म्याद तामेली गर्दासमेत खुस्बु सम्पर्कमा नआएपछि कटुृवालले गत पुसमा जिल्ला अदालतमा निवेदन दिएका थिए । सोही मुद्दाको फैसला गर्दै अदालतले खुस्बुलाई दुई वर्ष कैद सजाय तोकेको हो । खुश्बु ओली सन् २००० मा मिस टिन नेपाल भएकी थिइन् । त्यसपछि उनले मोडलिङ गर्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...