नयाँदिल्ली, २९ फरवरी, २०२०
भारतको मध्यप्रदेशको अलिराजपुरमा एक युवतीमाथि कुटपिट भएको छ । यो घटना आधुनिक समाजका लागि कुनै कलंकभन्दा कम छैन ।
त्यहाँको सोन्डवा गाउँमा एक युवतीमाथि केही युवाहरु मिलेर कुटपिट मात्र गरेनन् उनको कपाल पनि खौरिइयो । र, यसको एउटै कारण थियो कि ती युवतीले फोनमा एक युवासँग कुराकानी गरेकी थिइन् । र, ती युवतीमाथि यस्तो अन्याय गरेका उनकै परिवारका सदस्यले हो । त्यहाँका प्रहरी अधिकारीले अब ती चार जनालाई नै गिरफ्तार गरेर अनुसन्धान सुरु गरेको जनाएका छन् ।









































