नयाँ दिल्ली, 1 मार्च
गृहमन्त्री अमित शाहले देशको आन्तरिक शान्ति भङ्ग गर्ने र आफ्नो भूमिमा घुसपैठ गर्ने प्रयास गर्नेहरुलाई भारतले कडा जवाफ दिने बताउनुभएको छ । आज कोलकातामा राष्ट्रीय सुरक्षा गार्ड (एनएसजीको नयाँ परिसरको उद्घाटन गर्दै शाहले भारत विश्वको शान्ति चाहन्छ र उसको उद्धेश्य कसैमाथि आक्रमण गर्ने नभएको बताउनुभयो । उहाँले यदी कसैले यस शान्तिपूर्ण वातावरणलाई खराब गर्न चाहन्छ भने भारतले कडा जवाफ दिने बताउनुभयो । ग़ृहमन्त्रीले देशले आतंकवादलाई सहन नसक्ने नगर्ने नीति अपनाएको र सर्जीकल स्ट्राइक र हवाई हमलापछि विश्वमा आन्तरिक सुरक्षाको मामिलामा भारतको नाम अमेरीका र इज्रायलपछि लिइन थालेको बताउनुभयो ।
शाहले आतंकवादको सामना गर्ने र देशको सुरक्षामा राष्ट्रीय सुरक्षा गार्डको भूमिकाको सराहना गर्नुभयो । उहाँले आतंक सम्बन्धी गतिविधिहरुको बदलिदो परिदृश्यलाई मद्देनजर प्राविधिक शक्ति, प्रशिक्षण र रणनीतिमा परिवर्तनको आवश्यकतामा जोड दिनुभयो । उहाँले सरकार अन्य कल्याणकारी उपायहरु बाहेक जवानहरुलाई एक सय दिनको अवकाश दिने प्रस्तावमाथि विचार गरिरहेको पनि बताउनुभयो । यसैबीच, विपक्षी काँग्रेस र वामपंथी दलहरुले पूर्वी दिल्लीमा भर्खरै भएको हिंसाको विरोधमा गृहमन्त्रीको भ्रमणको क्रममा कोलकाताका विभिन्न भागहरुमा आज प्रदर्शन गरेका छन ।









































