नयाँदिल्ली, २ मार्च, २०२०
भारतीय संसदमा बजेट सत्रको दोस्रो चरणको सुरुवात भएको छ । संसदमा हंगामा भयो । संसदमा दिल्ली हिंसालाई लिएर भारतीय कांग्रेससहितका विपक्षी दलहरुले संसद परिसरमा नै विरोध प्रदर्शन गरेका हुन् ।
त्यहाँका राज्यसभामा कांग्रेस नेता गुलाम नबी आजादले सोमबार सरकारले हिंसालाई बेवास्ता गरेर सुतिरहेको अभिनय गरेको आरोप लगाएका छन् । आजादले केन्द्र सरकारले चाहेको भए यो हिंसा नहुने दाबी गरेका छन् । यसका साथसाथै कांग्रेस नेता राहुल गान्धी, अधीर रन्जन चौधरीले पनि संसदमा विरोध प्रदर्शन गरेका छन् ।









































