HomeFeature‘लाइसेन्स लिएर सेवा नदिनेहरू त दूरसञ्चार क्षेत्रमा पनि रहेछन्’ : मन्त्री...

‘लाइसेन्स लिएर सेवा नदिनेहरू त दूरसञ्चार क्षेत्रमा पनि रहेछन्’ : मन्त्री डा युवराज खतिवडा

काठमाडौँ, ३ मार्च, २०२०
अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले दुरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने बताउनुभएको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले लाइसेन्स होल्ड गर्नेमाथि निर्मम ढंगले कानूनी अधिकार प्रयोग गरी अगाडि बढ्न प्राधिकरणलाई निर्देशन दिनुभयो । उहाँले सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने र कारबाही गर्न खोज्दा अदालत जाने प्रवृति राष्ट्रिय रोगको रुपमा देखा परेको बताउनुभयो । उहाँले भन्नुभयो ‘सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने सेवा प्रदान नगर्ने ओगटने अनि तिमीले गरेका कामहरु छिटो छरितो सम्पन्न गर भन्दा अदालत गुहार्न जाने यो कुराको पनि अव अन्त्य हुनुुपर्छ । लाइसेन्स होल्ड गर्ने कुरा अन्यत्र छ भन्ने सुनेको थिए अहिले केही दिनदेखि सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालीरहदा यहाँ पनि त्यो प्रवृति रहेछ हेर्नुस् । यो त राष्ट्रिय रोग पो भएको रहेछ, यसको पनि अव अन्त्य हुनुपर्छ । यसरी हुँदैन ।’

मन्त्री खतिवडाले दुरसञ्चारको फ्रिक्वेन्सी तोक लगाएर बाँडीने गरेको र कुनै बेला टेलिफोनको तोक लगाउन आफु मन्त्रीकोमा पुगेको स्मरण गर्दै त्यो युगको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यलाई फाइदा नहुनेगरी मुख हेरेर, दवाव हेरेर काम गरे नियामक निकायको भूमिकामा प्रश्न उठने समेत बताउनुभयो । उहाँले अवको सेवा भ्वाइसमा भन्दा डेटामा बढी हुनुपर्ने बताउनुभयो । क्रिप्टो करेन्सी, क्राउडसोर्सिङ, इकमर्सका क्षेत्रमा डेटा महत्वपूर्ण हुने भएकाले डेटाको सेवा वृद्धि गर्न र गुणस्तरिय बनाउन ध्यान दिन आग्रह गर्नुभयो । उहाँले प्राधिकरणको व्यवसायीक काममा मन्त्रालयले हस्तक्षेप नगर्ने तर मन्त्रालयप्रति प्राधिकरण जवाफदेही हुनुपर्ने बताउनुभयो । जवाफेही बिनाको स्वायत्तता अराजकता हुने भन्दै त्यसमा सचेत भएर कम गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...