नयाँदिल्ली, ३ मार्च, २०२०
भारतको राजधानी नयाँ दिल्लीको जाफराबाद क्षेत्रमा गत २४ फेब्रुअरीमा हेड कन्सटेबल दीपकमाथि रिभल्बर ताक्दै गरेको देखिएका शाहरुखलाई प्रहरीले पक्राउ गरेको छ ।
दिल्ली प्रहरीको आधिकारिक स्रोतले शाहरुखलाई पक्राउ गरिएको पुष्टि गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार उनलाई दिल्ली प्रहरीको क्राइम ब्रान्चको टोलीले उत्तर प्रदेशबाट पक्राउ गरेको हो ।









































