HomeFeatureसांसदहरुले विदाइ हुँदा राष्ट्रियभालाई प्रभावकारी ढंगले भूमिका निर्वाह गर्न शुभकामना दिए

सांसदहरुले विदाइ हुँदा राष्ट्रियभालाई प्रभावकारी ढंगले भूमिका निर्वाह गर्न शुभकामना दिए

काठमाडौँ, ३ मार्च, २०२०
राष्ट्रियसभाबाट विदाई हुदै गर्दा सांसदहरुले राष्ट्रियभालाई प्रभावकारी ढंगले भूमिका निर्वाह गर्न शुभकामना दिएका छन् ।
आफ्नो २ बर्षे कार्यकालको समय सकिएका सांसदहरुले आफ्ना अनुभव राख्दै सभालाई थप जिम्मेवार भएर अघि बढ्न शुभकामना दिएका हुन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा मन्तव्य राख्दै उनीहरुले सरकारलाई थप जिम्मेवार बन्दै जनताको सवालमा खरो उत्रिन, भ्रष्टाचार न्यूनीकरण गरि शुसासन कायम गर्न तथा समग्र रुपमा जनताको सवाललाई आत्मसाथ गर्न आग्रह गरे ।

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेयले प्रविधिको प्रयोग, समयमा बैठक सञ्चालन गर्ने लगायत विभिन्न पक्षमा २ बर्षमा राष्ट्रियसभामा राम्रो अभ्यास गरिएको बताउनुभयो । उहाँले राष्ट्रियसभा आफैमा अधिकारको दृष्टिले केही संकुचन भएपनि श्रृजनात्मक र प्रभावकारी ढंगले दलिय आग्रह पुर्वाग्रहबाट मुक्त भएर काम भएको बताउनुभयो । उहाँले राष्ट्रियसभा सदस्यको निर्वाचन प्रणालीका बारेमा भने थप छलफल आवश्यक रहेकाले सभाले आगामी दिनमा त्यसलाई छलफलको विषय बनाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “कोही पुरै जित्दैन र कोही पुरै हार्दैन । मतभार र मतदाताको अनुपातमा सबैले जित्ने र सबैले हार्ने । अनुपातमा जित्ने । यो सिद्धान्त हामीले नियमावलिमा जुन किसिमले प्रतिबिम्बित गर्नुपथ्र्यो त्यो सकेनौ । जसका कारणले एकपटक एउटा क्लस्टरमा एकजनाको चुनाब हुने र बहुमतिय पद्धतिमा जाने । यो बहुमतिय पद्धतिले संविधानको मर्म अनुसारको उपस्थिति आगामी दिनमा नहुने हो कि यो छलफलको विषय बनाएर अगाडि जाओस् सभा ।”उहाँले सरकार संघीयताप्रति इमान्दार बन्न नसकेको उल्लेख गर्दे राष्ट्रियसभा सदस्यलाई पनि आफ्ना मतदाताप्रतिको जवाफदेही बनाउने गरि व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

नेकपाका काली बहादुर मल्लले आफुले राष्ट्रियसभा सदस्य भएर २ बर्षको कार्यकालमा धेरै कुरा सिक्ने अवसर पाएको र ‘प्रमाणपत्र सहित एउटा योग्यता प्राप्त भएको’ अनुभव गरेको बताउनुभयो ।उहाँले भन्नुभयो “महाविद्यालयको विद्यार्थी ,मैले ज्ञान आर्जन गर्ने थुप्रै मौका मिल्यो र आज म एउटा शिक्षकको रुपमा रिर्टायड हुन खोजिरहेको छु । मलाई त्यो अनुभूति भईरहेको छ ।”पहिलो संसविधानको विघटनको समय स्मरण गर्दे उहाँले भन्नुभयो “संविधानसभाको बैठक ११ बजे बोलाईएको थियो । राती १२ बजे सम्म हामी त्यही थियौ । एकैपटक मर्यादापालक साथीहरु आउनुभयो र माननीय ज्यू तपाईहरुको म्याद सकियो भनेर राती १२ बजे चोर झै गरेर भाग्नु परेको थियो । काँक्रा चोर्न आएको हो कि जसरी कताबाट निस्कने भाग्ने जस्तो स्थिति थियो । ”

नेपाली कांग्रेसकी राष्ट्रियसभाका लागि प्रमुख सचेतक सरिता प्रसाईले आफुले जनताको चाहाना र इच्छा अनुसार काम गर्न सरकारलाई आग्रह गर्नुभयो । सिंगो शासन व्यवस्था प्रति निराशा नभई जनतालाई आशा जगाउने गरि काम गर्न शुभकामना दिनुभयो ।
त्यसैगरी राष्ट्रियसभा सदस्य हरिचरण शिवाकोटीले जनता निराश नहुने गरी राम्रो संग सबै दलहरुलाई मिलेर मुलुक सञ्चालन गर्न आग्रह गर्नुभयो ।
त्यसैगरी राष्ट्रियसभा सदस्यहरु कमला कुमारी ओली, खेमराज नेपाली, धनकुमारी खतिवडा, बलराम बास्कोटा, मिना बुढा, मुक्ता कुमारी यादव, युटोल तामाङ, रमेश प्रसाद यादव, राजकुमार कुवँर, विन्दा देवी आले रानाले नि विदाईको क्षणमा आफ्ना अनुभवहरु राखेका थिए । उहाँहरु आफुहरुले बैठकमा र विषयगत समितिमा बसेर जिम्मेवार ढंगले भूमिका निर्वाह गरेको स्मरण गर्दे जनताको विषयलाई उठाउदै राम्रो कानुन बनाउने सवालमा जिम्मेवार ढंगले भुमिका निर्वाह गर्न सुझाव दिनुभयो ।
मंगलबारदेखि बिदा हुने राष्ट्रियसभा सदस्यहरुमा नेकपाबाट ८, नेपाली कांग्रेसका ६ , राजपाका २ , समाजवादी पार्टी नेपालका १ र राष्ट्रपतिबाट मनोनित एक जना गरी १८ रहेका छन् । राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका अर्थमन्त्री डाक्टर युवराज खतिवडाको कार्यकाल पनि मंगलबार देखि नै सकिदै छ । विदा हुनेहरुमा नेकपाका सांसदहरु हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली छन् ।

त्यसैगरी नेपाली कांग्रेसबाट राष्ट्रियसभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईँ सहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ता कुमारी यादव, धनकुमारी खतिवडाको कार्यकाल सकिदैछ । दुई बर्षे कार्यकाल भएका कांग्रेसका अर्का सांसद दुर्गाप्रसाद उपाध्यायको भने निधन भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...