HomeFeatureअभिनेत्री अनुष्का प्रभाससँग होइन यी व्यक्तिसँग प्रेममा छिन्

अभिनेत्री अनुष्का प्रभाससँग होइन यी व्यक्तिसँग प्रेममा छिन्

नयाँदिल्ली, ४ मार्च, २०२०
भारतीय अभिनेत्री अनुष्का शेट्टीको नाम अभिनेता प्रभाससँग निक्कै नै जोडियो । त्यसबारेमा अनेक समाचार र गसिप बने ।

उनीहरूले ती समाचारहरूलाई लगातार आफूहरू राम्रो साथी मात्र भएको भन्दै अस्वीकार गर्दै आइरहेका थिए । प्रकाशित समाचारहरुमा उनीहरूबिचको सम्बन्ध प्रेममा मात्र सिमित भएन, उनीहरू विवाह नै गर्दैछन् भन्ने सम्म छापिए । केही समय पछि सो हल्ला मत्थर हुँदै गयो ।

तर अब अनुष्काका बारेमा लिएर नयाँ खबर सार्वजनिक भएको छ । हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा प्रकाशित समाचारका अनुसार अनुष्का प्रभाससँगको नभई एक निर्देशकसँग प्रेममा छिन् । सो समाचारका अनुसार अनुष्काको ’जजमेन्टल हे क्या’ सिनेमाका निर्देशक प्रकाश कोभेलामुण्डीसँग प्रेम चलिरहेको छ ।

सन् २००४ मा तेलेगु भाषामा बनेको बाल सिनेमा ’बोम्मालता’ बाट सिनेमा निर्देशनमा डेब्यू गरेका उनले अनुष्कालाई लिएर सन् २०१५ मा तेलेगु(तमिल कमेडी ’साइज जिरो’ बनाएका थिए । उनीहरूबीच सोही सिनेमापछि प्रेम सुरु भएको बताइन्छ । उनले बलिउड लेखिका कनिका डिल्लनसँग विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...