HomeFeatureराष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको सथपथ्रहण लिए

राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको सथपथ्रहण लिए

काठमाडौँ, ४ मार्च, २०२०
गत माघ ९ गते भएको निर्वाचनबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको सथपथ्रहण लिएका छन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद मिलिल्सिनाले बुधबार बिहान राष्ट्रियसभाका १८ सदस्यलाई सपथ ग्रहण गराउनुभएको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल राजपाका दुई सदस्यले पद तथा गोपनियताको सपथ लिएका हुन् । मंगलबार राष्ट्रपतिबाट मनोनित १ सहित १९ जनाको कार्यकाल सकिएको थियो । रिक्त पदका लागि गत माघ ९ गते निर्वाचन भएको थियो ।

यद्यपी राष्ट्रपतिबाट मनोनित हुने सदस्यको भने टुगो लागेको छैन् । सत्तारुढ दल नेकपाको सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेपनि सिफारिस भने भएको छैन् । सपथ लिने सदस्यहरुमा नारायणकाजी श्रेष्ठ, बेदुराम भूसाल, देवेन्द्र दाहाल, इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, तुलसाकुमारी दाहाल, राधेश्याम पाश्वान, शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादव रहेका छन् । यसैगरी भगवती न्यौपाने, तारामान स्वाँर, शारदादेवी भट्ट, सुमित्रा विसी, मायाप्रसाद शर्मा, गोपाल भट्टराई, विमला घिमिरे, गंगाकुमारी बेल्बासे र जगतप्रसाद शर्माले पनि आज नै सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...