HomeFeatureनवनिर्वाचित सदस्यहरुले राष्ट्रियसभाका कायम राख्ने नीति निर्माणका लागि भूमिका खेल्ने

नवनिर्वाचित सदस्यहरुले राष्ट्रियसभाका कायम राख्ने नीति निर्माणका लागि भूमिका खेल्ने

काठमाडौँ, ४ मार्च, २०२०
नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले राष्ट्रियसभाको गरिमा कायम राख्दै नीति निर्माणका लागि भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।

नवनिर्वाचित राष्ट्रियसभा सदस्य विमला घिमिरेले सपथ ग्रहणपछि बोल्दै अनुशासित भएर आफ्नो कार्य सम्पादन गर्ने प्रतिवद्धता जनाउनुभयो । सिंङ्गो नेपाली जनताको हित र राष्ट्रलाई सर्वोपरि राखेर गर्नुपर्ने सबै कुराहरुलाई नैतिक धरतल भित्र रहेर पुरा गर्ने प्रतिवद्धता उहाँले गर्नुभयो ।

अर्का सदस्य देवेन्द्र दाहालले आफु निर्वाचित भएर आएको क्षेत्रका जनताप्रति उत्तरदायि भएर देशको नीति निर्माणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । नीति निर्माणका साथै विकासको क्षेत्रमा पनि आफने भूमिका रहने उहाँले बताउनुभयो ।

अर्का सदस्य मृगेन्द्रकुमार सिंहले प्रतिनिधिसभा र राष्ट्रिय पञ्चायतको आफ्नो अनुभवका साथ राष्ट्रियसभाको गरिमा कायम राख्दै आफुले कार्यसम्पादनमा भूमिका खेल्ने बताउनुभयो । राष्ट्रियसभा परिपक्व संसद भएकाले विचारहरु परिपक्व आउनुपर्ने र निर्णय पनि परिपक्व ढंगले हुनुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रियसभा सदस्यहरुले बुधबार पद तथा गोपनियताको सपथ दिएका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पद तथा गोपनियताको सथप ग्रहण गराउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...