अस्ट्रेलिया, ५ मार्च, २०२०
अस्ट्रेलियामा एक जना नेपाली विद्यार्थीको क्विन्सल्यान्ड क्षेत्रमा पर्ने समुद्रमा डुबेर मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिकाका निकित श्रेष्ठको पौडी खेल्ने क्रममा छालले बगाएको थियो ।
बेपत्ता भएको ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तैरिरहेको अवस्थामा उद्धारकर्मीले श्रेष्ठको शव भेट्टाएको बताइएको छ ।फेडेरेसन युनिभर्सिटीमा अध्यनरत श्रेष्ठ उनी चार जना साथीसँग पौडी खेल्न समुद्रमा पुगेका थिए । उनको शव नेपाल ल्याउने तयारी भएको छ ।









































