HomeFeatureभारतको शेयर बजारमा हंगामा, यस बैंकका ग्राहक संकटमा

भारतको शेयर बजारमा हंगामा, यस बैंकका ग्राहक संकटमा

नयाँदिल्ली, ६ मार्च, २०२०

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको प्रकोप र यस बैंकमा संकटका कारण भारतको शेयर बजारमा हंगामा मच्चिएको छ ।शुक्रवार शेयर बजारमा स्वाट्टै घट्यो । बम्बे स्टक एक्सचेन्जको सेन्सेक्स बिहान ८५७ अंक झरेर ३७ हजार ६१३ दशमलब ९६ मा खुल्यो ।

यस बैंकको शेयर २५ प्रतिशतसम्म घटेर २७.६५ भारुमा र्झयो । नेसनल स्टक एक्सचेन्जको निफ्टी ३२७ अंक घटेर १९ हजार ९४२ दशमलब ६५ मा खुल्यो । ८०२ कम्पनीको शेयर घटेको छ ।

यस बैंक संकटमा परेपछि भारतीय रिजर्भ बैंकले उसको निकासी सीमा ५० हजार भारु बनाएको छ । अर्थात् ग्राहकहरूले बैंकबाट ५० हजार भारु मात्र निकाल्न आउँछन् । आरबीआईको आदेश एक महिनाका लागि हो ।

यस्तो आदेश आएपछि देशभरि यस बैंकका ग्राहकहरू आत्तिएका छन् । बिहीवार राति अनेकौं शहरमा बैंकका एटीएममा ग्राहकहरूको लाइन देखियो ।

भारतीय स्टेट बैंकको बोर्डले संकटग्रस्त यस बैंकमा लगानीका लागि सैद्धान्तिक मञ्जूरी दिएको छ । सबै कुरा योजनामुताबिक चलेमा आर्थिक संकटग्रस्त यस बैंकमा देशको सबभन्दा ठूलो सरकारी बैंक एसबीआईको साझेदारी हुनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...