HomeFeatureप्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री र वनमन्त्री बस्नेतको राजीनामा मागियो

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री र वनमन्त्री बस्नेतको राजीनामा मागियो

काठमाडौँ, ६ मार्च, २०२०
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र वन मन्त्री शक्ति बस्नेतको राजीनामा माग गरिएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले प्रधानमन्त्रीको राजिनामा माग गरेका हुन् । उनले प्रधानमन्त्रीको स्वास्थ्यका साथै देशको पनि चिन्ता लागेको बताउदै भ्रष्टाचारी भाइरसले देशको मुटु, फोक्सो, कलेजो र नसामा पसेर आम जनताको रगत र पसिना चुसेकोमा चिन्ता लागेको बताए । उनले प्रधानमन्त्रीले आसेपासे भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै राजीनामा माग गरे ।

उनले भने–‘शरीरको अंग भएर पनि काम नलाग्ने भएपछि फेर्न पर्दो रहेछ नी । त्यसैले आफ्नो आसे पासे भएपनि देश र जनताको लागि काम नलाग्ने भएपछि किन अहिलेसम्म भ्रष्टाचारीलाई कारवाही भइरहेको छ । नैतिकताको आधारमा राजीनामा दिन जोडदार माग गर्न चाहन्छु ।’

सांसद दिल कुमारीले वन मन्त्री शक्ति बस्नेतको राजीनामा माग गरेकी छिन् । उनले राजतन्त्र सकिएपनि मन्त्रालयमा राणाशासन रहेको उल्लेख गर्दै वन मन्त्रालयमा आफूमाथि दुर्व्र्यवहार भएको बताएकी छिन् । उनले मन्त्रीको स्वकीय सचिव र कर्मचारीले समानुपातिक कि प्रत्यक्ष निर्वा्चित भनेर प्रश्न गरेको गुनासो गरेको बताइन् ।
उनले वन मन्त्रीको राजीनामा माग गर्दै उनका स्वकीय सचिव धिरज उप्रेतीले हदैसम्मको अपमान गरेको बताइन् ।
उनले प्रधानमन्त्रीले आत्मविश्वासले रोगलाई जित्न सकेपनि भ्रष्टाचारलाई जित्न नसकेको बताइन् । प्रधानमन्त्रीे भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै उनले सेकुरिटी प्रिटिङ्ग प्रेसमा भएको करोडौँ भ्रष्टाचारको छानविन गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...