HomeFeatureसंसदमा कोरोनाबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी

संसदमा कोरोनाबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी

काठमाडौँ, ६ मार्च, २०२०
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भईरहेको पहल तथा कोरोना विरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको हो । उहाँले कोरोना संक्रमणबाट बच्चनका लागि एकिकृत कार्यसञ्चालन गर्न र तत्काल एक्सन प्लान बनाई सार्वजनिक गर्न सरकारलाई आग्रह गर्नुभयो । अहिले सम्म नेपालको सुखद अवस्था भएपनि इरानको जस्तो एकै पटक संक्रमणको अवस्था देखिए के गर्ने भन्ने सन्दर्भमा पनि समयमै सोच्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । सिमामा चेक जाँचको क्षमता, स्वास्थ्य चेक जाँचको क्षमता लगायत विभिन्न कारणले विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको भन्दै उहाँले तत्काल गर्नुपर्ने तयारीका बारेमा सबै सरकार, सबै मन्त्रालय, संसद, समुदाय लगायत सबै एकै ठाउँमा आएर काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । सबै देशले आवश्यक तयारी गरेको र भिषा रद्द पनि गर्न थालेको उल्लेख गर्दै उहाँले नेपालभन्दा बाहिरबाट नेपाल आउनेहरुको ट्रयाकिङ्ग गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मन्त्रालयअनुसारका कुरा बाहिर आउँदा सर्वसाधरणमा त्रास र दुविधा बढाएको भन्दै एकद्धार प्रणालीबाट सूचना र जानकारी सार्वजनिक गर्न पनि आग्रह गर्नुभयो ।

विवाह ब्रतबन्ध, भोजभतेर र सभासम्मेलन रोक्न भने पनि विद्यालय खुल्ला भएको , संसद बैठक सञ्चालन भईरहेको, सरकारकै मन्त्री विदेश भ्रमणमा रहेको भन्दै सरकारलाई एकद्धार प्रणालीबाट सुचना सम्प्रेषण गर्न र विदेश बाट फर्किएकाको राम्रो चेकजाँचको व्यवस्था गर्न आग्रह गर्नुभयो । विदेशी नागरिक नआउने, सभा सम्मलेन नगर्ने भन्ने वित्तिकै , होटेल, एयलायन्स संगै बैक लगायत मुलुकका विभिन्न क्षेत्र प्रभावित हुने भन्दै उहाँले आवश्यक तयारी गर्न आग्रह गर्नुभयो ।
बढी जानकारी भएपनि मानिस त्रसित हुने भन्दै उहाँले कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक तयारी रहेको तथा कोरोनाका कारण कुनै पनि सामाग्रीको आपुर्तिलाई तलमाथि गर्न दिन्नौ भनेर सरकारले जनतालाई आश्वस्त गर्नुपर्ने बताउनुभयो ।

उहाँले कालाबजारी अन्त्य गर्नका लागि प्रभावकारी ढंगले अघि बढ्न आग्रह गर्नुभयो । उहाँले खाली रहेका भवनहरुलाई आवश्यक पर्दा प्रयोग गर्न सक्ने गरि तयारी अवस्थामा राख्न, क्रिटिकल केयरको वेड विस्तार गर्न, अस्पताललाई आधारमा राखेर काम गर्नुपर्ने कामहरुको सूची तयार पार्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “सचेत रहने हो त्रर्सने होइन । नागरिकलाई नर्तसाउँ । भयभीत पनि नबनाउँ । नेपालका एउटा मात्रै केस नदेखिएको कुराले आनन्दले नबसौ । हामीले समयको सुविधा पायौ । इरानले पाएन । कोरियाले पाएन । तर कोरियासंग क्षमता थियो । हामीले पाएका छौ । हामीले अहिलेकति मात्रै सुझबुझ पुर्यायौ भने आत्तिनु पर्देन । ”
उहाँले विश्व स्वास्थ्य संगठनले विहिबार दिउँसो सम्म सार्वजनिक गरेको कोरोनाको अवस्था सम्बन्धी तथ्यांक जानकारी दिदै नेपालले आवश्यक तयारी गर्न ढिलाई गर्न नहुने बताउनुभयो । उहाँले चीनबाट फैलिएको संक्रमण हिजो दिउँसोसम्म ९५ हजार २ सय ६५ वटा केस रिपोर्ट भएको, ३ हजार २ सय ८१ जनाको मृत्यु भईसकेको, २ हजार ५५ वटा केस चिन भन्दा बाहिर ३३ वटा देशमा रहेको तथा ती मध्ये ८० प्रतिशत ३ वटा देशमा रहेको बताउनुभयो । त्यसैगरी १ सय १५ वटा देशले संक्रमणको रिपोर्ट नगराएको , २१ वटा देशले एउटा एउटा रिपोर्ट गराएको, गएको १४ दिनमा ५ वटा देशहरुले नया केशहरु रिपोर्ट नगराएको पनि उहाँले बताउनुभयो ।
सांसद थापाले प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावको सञ्जय कुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्र कुमार केसी र डाक्टर नारायण खड्काले समर्थन गर्नुभएको थियो ।

प्रस्तावको समर्थन गर्दै सांसद राजभण्डारीले आवश्यक तयारी नगरेको र कोरोना मुक्त घोषणा गरेका कारण पनि विश्वस्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको भन्दै आवश्यक सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । कोरोना संक्रमण नियन्त्रणका सम्बन्धमा चाईनासरकारसंग वार्ता गरेर अघि बढ्नुपर्ने बेलामा सरकारले चीनका लागि नेपाली राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेको उहाँले आपत्ती जनाउनुभयो । उहाँले भन्नुभयो “चाईनाको राजदुतलाई फिर्ता बोलाउने ? के गर्न खोजेको हो ? ” उहाँले कोरोना संक्रमणको त्राससगै बजारमा मास्क, औषधी लगायत अत्यावश्यक सामानहरु लुकाउने काम भएकाले मास्क र औषधीमा कालोबजारी गर्नेलाई जेल हाल्न आग्रह गर्नुभयो ।उहाँले भन्नुभयो “मास्क लुकाउने, औषधी लुकाउनेलाई २ लाख रुपैया मात्रै होइन जेल हाल्नुहोस् । भएका मास्क बजारमा जति छ । सरकारले नियन्त्रण गर्नुहोस् । सेनिटाईजर पनि बजारमा बन्द भईसकेको छ । नेपालमा उत्पादन हुनसक्छ । ४८ घण्टा भित्र लाईसेन्स दिनुहोस् र उत्पाद सुरु गर्नुहोस् । जनतामा त्रास धेरै छ । यो त्रासलाई हटाउन हामी सबै एक होऔ ।”

त्यसैगरी सासद राजेन्द्र कुमार केसीले प्रस्तावको समर्थन गर्दै सरकारले केही तयारी गरेपनि पर्याप्त नभएको भन्दै समयमै आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । धेरै साधन सम्पन्न मुलुकमा स्कुल बन्द भईसकेको अवस्था रहेको उल्लेख गर्दै उहाँले संसार नै त्रसित भएको अवस्थामा तयारी अपुग भयो भने मुलुकले धेरै क्षति व्यहोर्नुपर्ने तर्फ समयमै सचेत हुन आग्रह गर्नुभयो । पुर्ण परनिर्भर भएको अवस्थामा भयावह संक्रमणसंग लड्नका लागि समयमै सर्तकता अपनाउन नसके मुलुकको अवस्था अत्यन्तै भयावह हुने भएकाले पुर्व तयारीमा ध्यान दिन आग्रह गर्नुभयो । सरकारले एक महिनाका लागि भोजभतेर, सभा सम्मेलनमा पुर्णरुपमा नै रोक लगाई कठोर ढंगले पेश हुनुपर्ने बताउनुभयो ।

अर्का समर्थक नारायण खड्काले कोरोना संक्रमण नियन्त्रणका लागि चीनले गरेको प्रयासको प्रशंम्सा गर्नुभयो । कोरोना संक्रमणको त्रासले बजारमा औषधी , मास्क र सेनिटाईजर संगै दैनीक खाद्य सामाग्रीको अभाव देखिन थालिसकेको भन्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो । साथै उहाँले आवश्यक तयारीबारे जानकारी गराउदै सदन सञ्चालनबारे पनि सोच्न आग्रह गर्नुभयो ।

सांसद थापाले प्रस्तुत गर्नुभएको सार्वजनिक महत्वको प्रस्तावमा “विश्व स्वास्थय संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सुचीकृत गरेको सन्दर्भमा यससंग जुध्न सरकारले के गरेको छ , अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरु सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा कोरोना विरुद्ध सबै जुटी राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नु पर्ने भएकोले” भन्ने उल्लेख छ ।प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलिको नियम ७१ बमोजिम सांसद थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...