काठमाडौं, ६ मार्च, २०२०
कोरोनो भाइरस संक्रमणको आंशका गरिएका व्यक्ति टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेका धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।
धरान घर भएका ३९ वर्षीय विशालपथका कहि दिनअघि मात्रै दक्षिण कोरियाबाट नेपाल फर्किएका हुन् ।कोरोना आशंका गरिएको व्यक्ति अस्पतालबाट फरार भएको सूचना बाहिर आएपछि प्रहरीले उनको खोजी अगाडि बढाएको थियो । प्रहरीले उनको मोबाइललाई ट्रयाक गर्दै उनी भएको स्थान पत्ता लगाएको थियो ।









































