HomeFeatureसरकार देशको आर्थिक विकास भन्दा पूँजीपतिहरूको विकासमा केन्द्रीत रहेको डा. बाबुराम भट्टराईको...

सरकार देशको आर्थिक विकास भन्दा पूँजीपतिहरूको विकासमा केन्द्रीत रहेको डा. बाबुराम भट्टराईको आरोप

काठमाण्डौँ 7 मार्च 2020

पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भएको पूँजी केही व्यक्तिको अधिनमा रहेकोले आर्थिक विकास सुस्त गतिमा भएको बताउनुभएको छ। नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासंघको प्रथम ऐतिहासिक घोषणा कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले सरकारका कारण देश भित्र रहेको पूँजी केही पूँजीपतिहरुको अधिनमा रहेको बताउनुभएको हो। उहाँले सरकार देशको आर्थिक विकास भन्दा पनि पूँजीपतिहरुको विकासमा केन्द्रीत भएको आरोप समेत लगाउनुभयो। उहाँले बैंकहरुमा देशकै अर्थतन्त्र बराबरको पूँजी जम्मा भएको तर त्यसको प्रयोग एक दुई सय जनाले मात्र गरेकोले देशको आर्थिक विकास नभएको बताउनुभयो। उहाँले पूँजीको पहुँच साना र मझौला व्यवसायीहरुमा नपुगेसम्म आर्थिक विकास नहुने समेत बताउनुभयो।
उहाँले प्रत्येक वर्ष रेमिट्यान्स ८ खर्ब आउने र त्यसको १० प्रतिशत सञ्चय हुने र बाँकी ९० प्रतिशत उपभोग गर्ने प्रकारको अर्थतन्त्र हुन नसक्ने बताउनुभयो।
देशको अर्थतन्त्रको विकासका लागि राष्ट्रिय औद्योगिक पूँजीको निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँले राष्ट्रिय औद्योगिक पूँजीको विकास गरी समाजवादको लक्ष्य प्राप्त गर्ने दिशामा जानुपर्ने बताउनुभयो। आर्थिक विकास गर्ने आवसर सरकारसँग भएपनि काम नगर्दा पछिल्लो दुई वर्ष खेर गएको उहाँले बताउनुभयो। कछुवा गतिको आर्थिक विकास जहिले पनि हुने बताउँदै तिब्र गतिको आर्थिक विकासका लागि सरकार असफल भएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...