HomeFeatureबैतडीमा लगातार वर्षाका कारण फेरी हिमपात

बैतडीमा लगातार वर्षाका कारण फेरी हिमपात

बैतडी, 7 मार्च 2020/ हिम शाह

लगातारको वर्षाको कारण बैतडीका उच्च लेकाली क्षेत्रमा फेरी हिमपात भएको छ। बिहीबारदेखि मौसममा आएको परिवर्तनसंगै शुक्रबार राती उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो। खोड्पे,श्रीभावर, गर्जेलगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयहरुले बताएका छन्।
यो वर्ष लगातारको बर्षा र हिमपातले अझै पनि चिसो कम हुन नसकेको पाटन नगरपालिका ८ खोड्पेका मोहनसिंह ऐरले बताउनुभयो। लगातारको बर्षा र हिमपातले चिसो बढेको उहाँले बताउनुभयो। यो बर्ष फागुन अन्तिम साता सम्म हिमपात नरोकिएपछि उच्च लेकाली क्षेत्रमा चिसो जनजीवन कष्टकर भएको सिगास ९ चौखामकी लक्ष्मी चन्द शाहले जानकारी दिनुभयो । बर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा बाहिर निस्कन समेत मुस्कील भएको उहाँले बताउनुभयो ।
चिसोको समयमा श्वासप्रश्वास र न्यूमोनिया जस्ता रोगहरु लाग्न सक्ने भएकाले यो बेला वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन स्वास्थ्यकर्मीहरुले बताएका छन् । यो बर्ष हिमपात र बर्षा नरोकिएपछि बेँसी क्षेत्रमा गहुँबालीमा समेत असर परेको छ । बेँसी क्षेत्रमा बर्षाका कारण गहुँबालीमा क्षति पुगेको किसानहरुले बताएका छन् । लगातारको बर्षाको कारण गहुँमा विभिन्न रोग देखा परेका कृषि प्राविधिकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...