कैलाली, 7 मार्च 2020/ हिम शाह
भारतको पलियामा एक जना नेपालीको दुर्घटनामा ज्यान गएको छ। अछाम चौरपाटी गाउँपालिका वडा नं. 4 पायलका 41 वर्षीय हर्क सुनारको भारतबाट अछाममा आउने क्रममा अटोबाट खसेर ज्यान गएको पलियाबाट स्थानीय राजबहादुर कुँवरले जानकारी दिनुभयो।
मुम्वईबाट पलिया पुगेपछि नेपाल आउने क्रममा सामान बसबाट झार्न क्रममा लडेर उनको ज्यान गएको हो। अटो र बसको सहायता लिएर बसबाट सामान झार्न क्रममा अटोबाट खसेर उनी गम्भीर घाईते भएका थिए। उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको उनका आफन्तले जानकारी दिएका छन्। मृत्यक सुनारका दुई छोरा र दुई छोरी रहेका छन्।









































