दार्जीलिङ, 8 मार्च 2020
बिनय तामाङ खेमाको गोर्खा जनमुक्ती नारी मोर्चाले आज दार्जीलिङमा वृहत रुपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ। मोर्चा अध्यक्ष बिनय तामाङ सहित मोर्चा नेताहरु अमरसिंह राईलगायतका नेताहरु उपस्थित रहेको कार्यक्रममा समाजका लागी योगदान दिएका महिला र छात्राहरुलाई सम्मान गरिएको छ। समारोहमा विभिन्न विद्यालयबाट महिला दिदीबहिनीको उपस्थिती पनि रहेको थियो।
समारोहमा बोल्दै नारी मोर्चाकी सचिव पासाङ शेर्पाले सम्पूर्ण महिला दिदी बहिनीहरुलाई नारी दिवसको शुभकामना दिँदै यस वर्ष आफुहरुले महिलाहरु पुरुषभन्दा कुनै पनि काममा कम हुदैनन् भन्ने उदाहरण प्रस्तुत गरेका महिला र छात्राहरुलाई सम्मानित गरिएको बताउनु भयो। उहाँले बेचबिखनमा परेका महिलाहरुलाई तालिम दिएर जीवनयापनको आधार बनाउनका लागी एक महिला आवास निर्माण गरिदिन जीटीए अध्यक्ष अनित थापा र मोर्चा अध्यक्ष बिनोय तामाङलाई ज्ञापन पत्र बुझाएको पनि बताउनुभयो।









































