HomeFeatureबनारसमा 'नेपालको प्रजातान्त्रिक आन्दोलनमा काशीको भुमिका' विषयक कार्यक्रम, बीपी र नेपाल भारत...

बनारसमा ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा काशीको भुमिका’ विषयक कार्यक्रम, बीपी र नेपाल भारत सम्बन्धको चर्चा

बनारस, 8 मार्च

नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले नेपाल र बनारसको बहुआयामिक सम्बन्धहरुले समग्र नेपाल- भारतको सम्बन्धलाई उचाई दिने काम गरेको बताउनुभएको छ ।

नेपाल अध्ययन केन्द्र काशी हिन्दु विश्वविद्यालय र नेपाल विद्यार्थी संघ भारतले नेपालको प्रजातन्त्र स्थापनामा काशी क्षेत्रले खेलेको भुमिका’ शिर्षकमा बनारसमा आयोजनमा ‘ अन्तराष्ट्रीय गोष्ठीमा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै नेपाली कोईरालाले वाराणसीमा बाल्यकालदेखि विश्वविद्यालयसम्मको जीवन बिताएकाले यहाँ गहिरो भावनात्मक सम्बन्ध रहेको बताउनु भयो ।

नेपालमा तत्कालिन जहाँनिया राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनार्थ संघर्षका दिनहरुमा काशी क्षेत्रले ठूलो योगदान गरेको उहाँले स्मरण गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका भारतका प्रसिद्ध समाजवादी चिन्तक जय प्रकाश नारायण र विश्वविद्यालयका पूर्व उपकुलपती प्रोफेसर हरिकेश सिंहले बीपी कोईरालाले नेपालमा प्रजातन्त्र स्थापनाका लागी ठूलो भुमिका निर्वाह गरेको र उहाँको नाममा काशी हिन्दु विश्वविद्यालयमा अनुसन्धान केन्द्रको स्थापना गरि अनुसन्धानको कामलाई अगाडी बढाउनु पर्ने बताउनुभयो।


समारोहमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले ‘दक्षिण एसियामा प्रजातन्त्रको अवस्था र नेपालको सन्दर्भ’ भन्ने शिर्षकमा आफ्नो भनाई राख्नु भयो। त्यसैगरि केन्द्रिय सदस्य दिपक गिरीले नेपाल र बनारसका बहुआयामिक सम्बन्धहरुको बारेमा चर्चा गर्नु भयो ।

अर्का केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले प्रजातन्त्र स्थापनाले सामाजिक रुपान्तरणमा पुर्‍याएको योगदानको चर्चा गर्नुभयो। पूर्व अर्थ राज्यमन्त्री उदय समशेर राणाले नेपालको परिप्रेक्ष्यमा आर्थिक प्रजातन्त्रको अवस्थाका बारेमा आफ्ना भनाई राख्नुभयो।

नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य एवम नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले जनसम्पर्क समिती भारतले प्रजातान्त्रिक आन्दोलनमा खेलेको भुमिका र भारत नेपालको सम्बन्धका बारेमा भनाई राख्नुभयो।

कार्यक्रममा भारतको राज्य सभाका पुर्व सांसद आनन्द भाष्कर रापुलु, बनारस हिन्दु विश्वविद्यालयका कूलपती प्रो. एम के सिंह , विभिन्न विभागका संकाय प्रमुखहरु, वाराणसीका प्रतिष्ठित व्यक्तित्वहरु, विभिन्न पार्टीका नेताहरु, विभिन्न नेपाली संघ सस्थाका प्रतिनिधिहरु, विश्वविद्यालयका विद्यार्थीहरु गरि करिव ३ सय जनाको सहभागिता रहेको थियो।

उक्त कार्यक्रमको संयोजन नेपाल अध्ययन केन्द्र ,काशी हिन्दु विश्वविद्यालयका संयोजक प्रो. बि. वि. सिंह र नेपाल विद्यार्थी संघ भारतका महामन्त्री सुर्य न्यौपानेले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...