HomeFeatureदिल्लीमा कोरोना भाईरसले एक महिलाको मृत्यु, भारतमा ज्यान गुमाउनेको संख्या 2 पुग्यो

दिल्लीमा कोरोना भाईरसले एक महिलाको मृत्यु, भारतमा ज्यान गुमाउनेको संख्या 2 पुग्यो

नयाँ दिल्ली, 14 मार्च 2020

दिल्लीमा एक जनाको ज्यान गएपछि भारतमा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या 2 पुगेको छ । राजधानी दिल्लीको राम मनोहर लोहिया अस्पतालमा उपचारार्थ कोरोना संक्रमित ६८ वर्षकी महिलाको हिजो ज्यान गएको हो । यसअघि गएको मंगलबार भारत‍मा काेराेना संक्रमणबाट ज्यान गएको पहिलो घटना प्रकाशमा आएको थियो । कर्नाटक, कालाबुर्गीका ७६ वर्षका पुरुषको मंलतबार ज्यान गएको थियो ।

हिजो ज्यान गुमाउने महिलामा मधुमेह र उच्च रक्तचापको समस्या यसअघिदेखि नै रहेको बताइएको छ । ज्यान गुमाएकी महिलामा उनको छोराबाट कोरोना सरेको अनुमान छ । गएको फेब्रुअरीमा स्विजरल्याण्डबाट इटाली हुँदै भारत पुगेका महिलाका छोरामा कोरोना पुष्टि भएको थियो । अहिले ती युवा र ज्यान गुमाएकी महिलाको सम्पर्कमा रहेका व्यक्तिलाई निगरानीमा राखिएको छ ।

भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । जसमध्ये ६५ जना भारतीय नागरिक रहेका र अरु १७ जना विदेशी नागरिक रहेका तथा १० जना उपचारपछि निको भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतले मात्रै अहिलेसम्म ११ लाख ७१ हजार ६१ जनाको कोरोना परीक्षण गरेको जनाएको छ । यसैबीच भारतले बंगलादेशसँगको रेल र बस सेवा एक महिनाको लागि बन्द गर्ने निर्णय गरेको छ । मार्च १५ अर्थात भोलिदेखि आउँदो वैशाख ३ गतेसम्म दुई देशबीचको यातायात सेवा बन्द गर्ने निर्णय गरिएको भारतको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...