HomeFeatureकोविड-19 का शङ्कास्पद बिरामीका लागि सुदूरपश्चिम प्रदेश तथा सबै जिल्ला अस्पतालमा ‘आइसोलेशन...

कोविड-19 का शङ्कास्पद बिरामीका लागि सुदूरपश्चिम प्रदेश तथा सबै जिल्ला अस्पतालमा ‘आइसोलेशन कक्ष’ स्थापना

कैलाली, 14 मार्च 2020/ हिम शाह

कोरोना भाईरस (कोभिड– १९) का शङ्कास्पद बिरामीका लागि सुदूरपश्चिम सरकारले प्रदेश तथा सबै जिल्ला अस्पतालमा ‘आइसोलेशन कक्ष’ स्थापना गरेको छ । आवश्यक स्वास्थ्यकर्मीसहित कक्ष स्थापना गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिनुभयो ।

शङ्कास्पद देखिएका बिरामीको उपचारका लागि अस्पतालमा दुई श्ययासहितका आइसोलेशन कक्ष स्थापना गरेका छौँ”, उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा राखिएका स्वास्थ्य हेल्थ डेस्कमा तयारी अवस्थामा एम्बुलेन्ससमेत राखिएको छ । पूर्वतयारी गरिएको छ ।” कञ्चनपुरको महाकाली, कैलालीको सेती अस्पतालसहित अन्य जिल्ला अस्पतालमा सो कक्ष स्थापना गरिएको जनाइएको छ ।

कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी सीमानाकामा रहेका हेल्थ डेस्कमा एम्बुलेन्सको व्यवस्था गरिएको छ । “आइसोलेशन कक्षसहित स्वास्थ्यकर्मीको व्यवस्था भइसके पनि आवश्यक औषधि र उपकरणका लागि आपूर्ति शाखालाई भनेका छौँ”, सूचना अधिकारी खड्काले भन्नुभयो, “एक/दुई दिनभित्र त्यसको पनि व्यवस्था हुन्छ ।” शङ्कास्पद बिरामीको खकार, सिँगान र रगतको नमूना सङ्कलन गरी जिल्ला अस्पताल, प्रदेशस्तरीय अस्पतालले प्रदेशमा रहेको प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ ।

सङ्कलित नमूनाको पहिचान र निदानका लागि राष्ट्रिय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ । उहाँका अनुसार प्रदेशका १२ वटा स्थानमा हेल्थ डेस्क सञ्चालनमा रहेका छन् । भारतबाट आउने बिरामीमाथि निगरानी गरी सीमा क्षेत्रमा रहेका हेल्थ डेस्कमा थर्मल स्क्यानगरका माध्यमबाट जाँचपछि मात्रै नाका प्रवेश गर्न दिने गरिएको छ । सो भाइरसबारे सर्वसाधारणलाई जानकारी दिनका लागि जनचेतनामूलक कार्यक्रमसमेत आयोजना भइरहेका छन् ।

स्थानीय तहले सरोकारवालासँग बैठक अन्तक्र्रियालगायतका कार्यक्रम गरी सो भाइरसको जोखिम बारे सचेत गराउँदै आएको छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरका अधिकृत कपिलदेव जोशीले भाइरस प्रभावित स्थानबाट यात्रा गरी फर्किने यात्रुले घर वा बासस्थानमा फर्केको दिनदेखि १४ दिनसम्म अपनाउनुपर्ने अति आवश्यक क्रियाकलापबारे पर्चा पम्लेटका माध्यमबाट जानकारी दिने कार्य भइरहेको जानकारी दिनुभयो ।

“भारतमा कोरोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएपछि नेपाल फर्कनेमाथि निगरानी राख्ने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “सीमा नाका भएर आवतजावत गर्नेलाई सावधानी अपनाउनका लागि भन्दै आएका छौँ । थर्मल स्क्यानरको सहायताले स्वास्थ्य जाँचसमेत हुँदै आएको छ ।” हालसम्म सुदूरपश्चिम क्षेत्रमा कोरोना भाइरसका शङ्कास्पद बिरामी भने फेला परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...