नयाँदिल्ली, १४ मार्च, २०२०
भारतको राजस्थानको जोधपुरमा एक ट्रेलर ट्रकले जिपलाई ठक्कर दिँदा ११ जनाको मृत्यु भएको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ ।
घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा चार पुरुष, ६ महिला र एक जना बच्चा रहेका छन् ।
ट्रेलर ट्रकले जीपलाई ठक्कर दिएपछि ट्रक जिपमाथि चढेको थियो । दुर्घटना स्थलमा क्रेनको मद्धतले ट्रक र जिपलाई अलग अलग गरिएको र मृतक तथा घाइतेलाई बाहिर निकालिएको थियो । घटनामा एक नवविवाहित जोडी समेत परेको बताइएको छ ।









































