HomeFeatureभक्तपुरमा टिप्परको ठक्करबाट इँटा भट्टामा खेल्दै गरेका बालकको ज्यान गयो

भक्तपुरमा टिप्परको ठक्करबाट इँटा भट्टामा खेल्दै गरेका बालकको ज्यान गयो

भक्तपुर, १४, मार्च, २०२०
भक्तपुरमा टिप्परको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

चागुँनारायण -९ मा रहेको ब्रम्हायणी इँटा भट्टामा खेल्दै गरेका एक डेढ बर्षे बालकको इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको मिनी टिप्परले ठक्कर दिँदा ज्यान गएको प्रहरीले जनाएको छ ।

टिप्परको ठक्करबाट ज्यान गुमाउनेमा सर्लाही जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानका १८ महिनाको छोरा शिशिर मोक्तान रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिनुभयो ।

टिप्परको ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी पुर्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीले ठक्कर दिने टिप्पर र भक्तपुर नगरपालिका-९, च्यामसिंह बस्ने ४० वर्षीय चालक श्याम फैजुलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त जगातीमा राखेर थप अनुसन्धान गरिरहेको डीएसपी गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...