HomeFeatureभारतमा भौतारिँदै मानसिक स्थिति गुमाएका नेपाली, घर पुऱ्याइदिन आग्रह

भारतमा भौतारिँदै मानसिक स्थिति गुमाएका नेपाली, घर पुऱ्याइदिन आग्रह

पञ्जाब, 15 मार्च 2020

भारतको पञ्जाब राज्यमा तरन तारन जिल्लाको संगरूर सहरमा मानसिक स्थिति गुमाएका एक नेपाली युवक फेला परेका छन्। कहिले काठमाण्डौँ त कहिले ओखलढुङ्गा घर बताउने अनदाजी 20 वर्षका पेसल थापा घर पुऱ्याइदिन भन्दै भट्ने जति सबैलाई आग्रह गरिहिड्छन्। मानसिक स्थिति ठिक नरहेका पेसललाई अलपत्र अवस्थामा भेटाएपछि एक मानसिक रोग अस्पतालमा पुऱ्याइएको छ। लामो समयसम्म भारतका विभिन्न ठाँउमा भौतारिरहेका  उनि उपचारभन्दा पनि परिवारलाई खोजिरहेका छन्। केही समय पहिला हरियाणाको हिसारमा देखिएका उनि अहिले पञ्जाबको संगरूर सहरस्थित अखिल भारतीय पिंगलवाडा च्यारिटेबल सोसाइटी अस्पतालमा छन्।

उनि त्यहाँ कसरी पुगे भन्ने बारेमा पनि बताउन सक्दैनन्। सो अस्पतालमा मानसिक स्थिति गुमाएका एक नेपाली युवकको बारेमा थाहा भएपछि मूल प्रवाह अखिल भारत-नेपाली एकता समाज, संगरूर महिला विभाग अध्यक्ष लक्ष्मी खनाल पाण्डेलगायतको टोली पुगेर उनको खोजखबर गरेको छ।

जानकारीका अनुसार पेसलले आफ्नो घर ओखलढुङगा बताएका छन् भने बुवाको नाम ढकबहादुर थापा र आमाको नाम भीम कुमारी थापा बताएका छन्। यद्यपि उनले आफुलाई भएको स्मरणसम्म सैब जानकारीहरू बताएपनि मानसिक सन्तुलन गुमाएका कारण धेरै कुरा फरक परेको हुन सक्छ तर तस्विरमा देखिएका यी व्यक्ति पेसल थापालाई चिन्नुहुनेले भारतीय मोबाईल नम्बरहरू 9501663084 र 9463165755 मा सम्पर्क गर्न मूल प्रवाह अखिल भारत-नेपाली एकता समाजको महिला विभाग अध्यक्ष लक्ष्मी खनाल पाण्डेले अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...