HomeFeatureकोरोना भाईरस नियन्त्रणका लागि स्वास्थ्य सामग्रीको अभाव रहेको प्रदेश सरकारका मुख्यमन्त्रीहरूको तर्क

कोरोना भाईरस नियन्त्रणका लागि स्वास्थ्य सामग्रीको अभाव रहेको प्रदेश सरकारका मुख्यमन्त्रीहरूको तर्क

काठमाण्डौँ, 15 मार्च 2020

नोभल कोरोना (कोभिड १९)बाट हुन सक्ने सम्भावित दुर्घटनाको नियन्त्रणका लागि स्वास्थ्य सामग्रीहरुको अभाव रहेको प्रदेश सरकारहरुले बताएका छन्। नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा प्रदेश सरकारका मुख्य मन्त्रीहरुले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्रीहरुको अभाव रहेको बताएका हुन्। नजिकको बजारमा तत्काल स्वास्थ्य सामग्रीहरु उपलब्ध नहुने र खरिद प्रकृया पनि झण्झटीलो र जटिल भएकाले छोटो विधिबाट खरिद गर्ने व्यवस्था मिलाउन उनिहरुले आग्रह गरेका छन्। त्यस्तै स्वास्थ्यकर्मिहरुको बीमा देखि अन्य सामाजिक सुरक्षाका कुराहरु व्यवस्थित गर्न समेत माग गरेका छन्। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबाहदुर शाहीले भाइरस परिक्षणका लागि काठमाडौं ल्याउनुपर्ने अवस्थामा देशभर कोरोना भाइरस फैलिएमा सम्भव नहुने भन्दै प्रत्येक प्रदेशमा एकवटा ल्याबको व्यवस्था गर्नुपर्ने माग राखेको बताउनुभयो। उहाँले उपचारमा प्रयोग हुने सवास्थ्य सामग्रीको अभाव भएको र कोरोना संक्रमण भएकालाई उपचार गर्न छुट्टै अस्पतालको व्यवस्था गर्नुपर्ने विषयमा समेत छलफल भएको बताउनुभयो। प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले व्यवस्थित ढंगबाट संघ, प्रदेश र स्थानीय तहको बीचमा समन्वय गरेर प्रभावकारी रुपबाट सावधानी अपनाउने र उपचारको लागि तयारी गर्ने विषयमा छलफल केन्द्रीत भएको बताउनुभयो।

प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयका सचिव नारायण प्रसाद बिडारीले संघ, प्रदेश र स्थानीय तहले कोरोना भाइरस संक्रमणबाट बच्न अझ प्रभावकारी रुपमा काम गर्ने एकवद्धता जनाएको बताउनुभयो । उहाँले नागरिक सचेतना कार्यक्रम गर्ने, कोरोना भाइरसबाट संक्रमण भएको पाइए उपचारलाई व्यवस्थित बनाउने, नाकाको आवगमनमा निगरानी र कडाई गर्ने विषयमा छलफल भएको बताउनुभयो। उहाँले स्वास्थ्य निगरानी र प्रयोगशालाको स्थितिलाई अझ सुधृढ पार्दै लैजाने र सातै प्रदेशमा प्रयोगशाला बनाउने तर्फ योजनावद्धरुपमा काम अगाडि बढाउने निर्णय भएको बताउनुभयो। त्यस्तै आपूर्ति व्यवस्थालाई सहज र नियमित राख्न तीन वटै तहबाट नियमित अनुगमनको काम गर्ने विषयमा समेत छलफल भएको उहाँले बताउनुभयो।

बैठकमा अन्तर्राष्ट्रिय नाकाहरुमा र हवाई अड्डाहरुमा अपनाइएको सुरक्षाको विषयमा समेत छलफल भएको थियो। त्यस्तै प्रदेशहरुमा आइसोलेटेड बेडहरुको व्यवस्था गर्ने विषयमा गरिएको तयारीका विषयमा मुख्यमन्त्रीहरुले जानकारी गराएका थिए। त्यस्तै क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा गरिएको पूर्वतयारीका विषयमा समेत छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...