HomeFeatureकैलालीसँग जोडिएको नेपाल-भारत गौरीफन्टा नाका बन्द हुने भनिए पनि खुला, ओहोर-दोहोर यथावत

कैलालीसँग जोडिएको नेपाल-भारत गौरीफन्टा नाका बन्द हुने भनिए पनि खुला, ओहोर-दोहोर यथावत

कैलाली, 16 मार्च 2020/ हिम शाह

कैलालीसँग जोडिएको नेपाल–भारत गौरीफन्टा सीमा नाका बन्द भएको छैन। यो नाका पनि आइतबारदेखि बन्द हुने हल्ला चलेको थियो तर, ओहोर-दोहोर यथावत रहेको छ। कोरोना संक्रमण न्यूनीकरण गर्ने भन्दै भारतको गृह मन्त्रालयले नेपालसँगको 4 नाकाबाहेक बाँकी सबै नाका बन्द गर्ने निर्णय गरेको थियो। तर, गौरीफन्टा नाका बन्द गर्नु भन्ने आदेश नआएकोले आवतजावत यथावत राखेको भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन्। ‘यो नाका बन्द गर्ने भन्ने आदेश हामीलाई आएको छैन’, गौरीफन्टा नाकामा रहेका एसएसबी पोष्टका उत्तम मण्डलले भने–‘हामीले ओहोरदोहोरमा कुनै रोकतोक गरेका छैनौं।’

नेपालसँगको बनबसा, सुनौली, रक्सौल र रानीगञ्ज गरी चार नाकामात्रै खुल्ला रहने भारतको गृह मन्त्रालयले शुक्रबार निर्णय गरेको थियो। आइतबारदेखि लागू हुने गरी अरु नाका बन्द गर्ने भनिएको थियो। यद्यपि, आइतबार गौरीफन्टा नाकामा दुवै देशका नागरिकको निर्वाध रुपमा ओहोरदोहोर भएको छ।

कोरोना संक्रमण बढी भएको मुलुकका नागरिकलाई भने रोक्ने आदेश रहेको भारतीय सुरक्षाकर्मीको भनाई छ। ‘चीन, इटली, कोरियालगायतका मुलुकका नागरिक नेपालबाट यता आउन लागे उतै फर्काउने र भारतबाट नेपाल जान लागे भारतमै रोक्ने आदेश छ’, मण्डलले भने–‘हामीले त्यस्ता मुलुकका नागरिकलाई रोक्छौं तर, भारतीय र नेपालीलाई रोकेका छैनौं।’ उनले यात्रुबाहक बस र ढुवानी गरिएको मालबाहक गाडी पनि निर्वाध रुपमा ओहोरदोहोर गरिरहेको बताए।

आइतबार यो नाकाबाट नेपाल–भारत दुवै देशका नागरिकको निर्वाध रुपमा आवतजावत भएको थियो। तर, दुवै देशले स्थापना गरेको हेल्थ डेस्कमा कोरोना संक्रमणको परीक्षण भने गर्ने गरिएको छ। भारतबाट आउने भारतीय नागरिक र फर्किने नेपालीलाई नेपालले स्थापना गरेको हेल्थ डेस्कमा कोरोना संक्रमण परीक्षण गर्ने गरिएको छ।

यसैगरी, नेपालबाट भारत जान लागेका नेपाली र भारतीयलाई भारतीय पक्षले आफ्नो हेल्थ डेस्कमा परीक्षण गरिरहेको छ। परीक्षणपछिमात्रै आउजाउ गर्न दिइएको छ। यताबाट भारत जाने र उताबाट फर्किने सबैलाई परीक्षण गर्ने कार्य भइरहेको सशस्त्र प्रहरी बलका एनपी भट्टराईले बताए । यसैगरी, भारतीय पक्षले आउजाउमा रोक नलाएको उनको भनाई थियो। ‘हामीले पनि भारतीय अधिकारीसँग कुरा बुझ्यौ, उहाँहरुले रोक्नु भएको छैन। बस र ढुवानी भएका गाडी पनि निर्वाध रुपमा आइरहेका छन्’, उनले भने ‘कोरोनाको सङ्क्रमण परीक्षण गर्ने गरिएको छ तर, रोक्ने काम भएको छैन।’ भारतसंगको साना नाका र चोर बाटोमा भने पूर्ण रुपमा कडाइ गर्ने निर्देशन आएको छ।

कैलालीमा त्रिनगरसहित टीकापुरको खक्रौला, भजनीको मरियाघाट, हसुलियाको चन्दनचौकी, फूलबारीको खेदा, फूलबारी, धनगढीको बङ्ग्रा कटानलगायतका नाका रहेका छन्। पहिलो पटक भन्सार रहेका साना नाकामा निगरानी बढाएको सशस्त्र प्रहरीले जनाएको छ। गौरीफन्टा नाकामा नेपालले स्थापना गरेको हेल्थ डेस्कमा दैनिक डेढ हजारभन्दा बढी व्यक्तिलाई परीक्षण गर्ने गरिएको छ।

डेस्कमा स्वास्थ्य परीक्षण गराउनेको सङ्ख्या 1 हजार 700 सम्म पुग्ने गरेको त्यहाँ खटिएका धनगढी उपमहानगरपालिकाका लक्ष्मीराम उपाध्यायले बताए। ‘हामीले 104 डिग्रीभन्दा बढी ज्वरो र सुख्खा खोकी लागेका व्यक्तिलाई आइसोलेशन कक्षमा राखेर निगरानी गर्ने गरेका छौं’, उनले भने। निगरानीमा रहेको मान्छेको ज्वरो नघटेपछि कोरोना परीक्षणका लागि सेती प्रादेशीक अस्पतालमा पठाउने गरेको उपाध्यायले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...