HomeFeatureमाटो र ढुङ्गाको अभावले महाकाली पुल निर्माणमा प्रभावित

माटो र ढुङ्गाको अभावले महाकाली पुल निर्माणमा प्रभावित

कञ्चनपुर,१६ मार्च, २०२०
महाकाली नदीमा निर्माणाधीन कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ओदालीस्थित चार लेनको पक्की पुलको अन्य संरचना निर्माण माटो र ढुङ्गा अभावका कारण प्रभावित हुँदै गएको छ । पुलसँगै बन्ने दुवैतर्फको पोखरीको बाँध निर्माणका लागि करिब छ लाख घनमिटर माटो आवश्यक पर्ने भए पनि ठेक्कामै माटोको विषय समावेश नहुँदा बाँध निर्माणमा ढिलाइ भइरहेको छ । सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा हेरिएको पुलको पारी र वारी दुवैतर्फ पाँच हजार २ सय मिटर बाँध निर्माण गर्नुपर्ने योजनामा रहेको छ ।

बाँधका लागि करिब एक लाख ५० हजार ठूला ढुङ्गाको पनि आवश्यकता रहे पनि ढुङ्गाको प्रबन्ध अझै मिल्न सकेको छैन। डेढ लाखमध्ये बाँध निर्माणका लागि २ सय ६० किलोभन्दा माथिको करिब ७० प्रतिशत ढुङ्गा आवश्यक पर्ने देखिएको छ। कञ्चनपुरको भीमदत्तनगरपालिकाको उत्तर चुरेको फेदबाट बग्ने खबरे खोलामा पुलका लागि आवश्यक ढुङ्गा भए पनि स्थानीय तहले दिन आनाकानी गरिरहेको महाकाली पुल योजना कार्यालयको भनाइ छ। “ढुङ्गाको समस्याले काममा केही असहजता आउने अवस्था सिर्जना भएको छ ।”

महाकाली पुल योजना कार्यालयका इञ्जिनीयर ध्रुवकुमार झाले भने, “ढुङ्गा दिन्छौँ भनेर जनप्रतिनिधिसहितको उपस्थितिमा स्थानीय तहले दिने निर्णय गरे पनि अझै उपलब्ध गराउने सुरसार छैन।’ उनले डेढ महिनाअघि यहाँका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र नगर प्रमुखसहितका जनप्रतिनिधिलाई ढुङ्गाको विषयमा छलफल गरेर नै सहजीकरण गर्ने निर्णयमा पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...