नयाँदिल्ली, १६ मार्च, २०२०
चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले देशभरी महामारीको रुप लिएको छ । कोरोना भाइरस संक्रमण भएर सामान्य उपचार गराउँदै आएका युएईमा रहेका दुई नेपालीलाई स्वदेश फर्काउने तयारी भएको बताइएको छ ।
उनीहरुको अवस्था सामान्य रहेपछि देश फर्काएर थप उपचार गराउने बारे नेपाली दूतावास युएईले छलफल गरिरहेको बताइएको छ ।
दूतावासका अनुसार युएइको सरकारी निकायले उनीहरुको उपचार गरिरहेको र अवस्था सामान्य रहेको तथा बारेमा युएईको स्वास्थ्य मन्त्रालयले उनीहरुका बारेमा बुझिरहेको पनि दूतावासले जनाएको छ । युएईमा हालसम्म उक्त भाइरसबाट ९८ जना संक्रिमति भएको बताइएको छ । संक्रमण भएका दुई नेपालीको नाम दूतावासले गोप्य राखेको छ ।









































