नयाँ दिल्ली, 16 मार्च
भारतमा महामारी कोरोना भाईरस (कोभिड-19) बाट संक्रमित हुने बिरामीको संख्या 114 पुगेको छ। विभिन्न राज्यमा नयाँ मामिलाहरु प्रकाशमा आएसँगै संक्रमितहरुको संख्या बढेर 114 पुगेको हो । ती मध्ये 13 जना उपचारपछि कोरोना मुक्त भएका छन । राजधानी दिल्लीमा 1 जना महिला र कर्नाटकमा 1 जना पुरुष गरि अहिलेसम्म 2 जनाको मृत्यु भएको छ । ज्यान गुमाउने दुवैजना वृद्ध थिए ।
दिल्लीमा ७ जना बिरामी भेटिएका छन् भने उत्तर प्रदेशमा 12, कर्नाटकमा 6, महाराष्ट्रमा 32, लद्दाख 3, जम्मु कश्मीर 2, तेलंगानामा 3, राजस्थानमा 2 र तमीलनाडु, आन्ध्र प्रदेश र पंजाबमा 1-1 मामिलाको पुष्टी भएको छ । त्यसैगरि केरलामा 22 मामिलाको पुष्टी भएको छ ।
दिल्लीमा आरएमएल र सफदरजंग अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था सरकारले मिलाएको छ।
कोरोना भाइरसकै कारण दिल्लीमा ३१ मार्चसम्म स्कुल, कलेज र सिनेमा हल बन्द गरिएको छ। त्यस्तै जिम सेन्टर, स्वीमिङ पुल र अन्य भीड हुने क्षेत्रमा मानिस जम्मा हुन रोक लगाइएको छ।
भाईरस संक्रमितको संख्या बढेसँगै देशभर सरकारले उच्च सर्तकता अपनाएको छ। संक्रमित भएको आशंका लागेका बिरामीहरुलाई अनिवार्य रुपमा १४ दिनको क्वारेन्टाइनमा राखिएको छ।









































