बुटवल, १६ मार्च, २०२०
भैरहवास्थित दाँतको उपचार गराउन आएकी एक महिलको मृत्यु भएपछि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज अस्पतालमा अस्पताल तनावग्रस्त भएको छ ।
गत शुक्रबार दाँतको उपचारका लागि नवलपरासीको बर्दघाट नगरपालिका वडा नं २ बर्दघाट बजारबाट उपचारका लागि आएकी यमकुमारी पुनको मृत्यु भएको हो ।
मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पतालका चिकित्कस तथा कर्मचारीहरुमाथि हातपात गरेका छन् ।









































